शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • पत्रकार रौलेको बिबाद टुगिंयो ( बिज्ञप्ती सहित)

पत्रकार रौलेको बिबाद टुगिंयो ( बिज्ञप्ती सहित)

  • मङ्लबार, फाल्गुन ६, २०७६
पत्रकार रौलेको बिबाद टुगिंयो ( बिज्ञप्ती सहित)

बाजुरा ६ फागुन– नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले र रेडियो पौरखी सञ्चालन समित बिच भएको बिबाद अन्त्य भै अध्यक्ष रौले पुनः पदस्थापना भएका छन् । केही दिन अगाडी देखी भएको नेपाली काग्रेस र पत्रकार रौलेको बिबाद आपसी सहमतीका आधारमा टुगीएको हो । राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार प्रेम रौले माथी नेपाली काग्रेसका कार्यक्रताले कुटपिटको घटनामा बनेको नेपाली काग्रेसको ५ सदस्यीय समितीले बिबाद टुङ्याएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार रौले रेडियो पौरखीको स्टेशन म्यानेजर पदका लागी भएको परिक्षाको बिषयमा बिबादीत बनेका थिए । पत्रकार रौलेले नियम सम्बंद नभएको भन्दै परिक्षमा सामेल नहुँदा नेपाली काग्रेस र युनियनका अध्यक्ष रौले बिच भएको बिबादको  ४ दिन पछि मंगलबार टुगों लगाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


४ दिन अगाडी रेडियो पौरखीमा स्टेशन म्यानेजर पदका लागि भएको परिक्षाको बिबाद हुदा उनले परिक्षा समेत बहिस्कार गरेका रौलेले दुई दिन एक बिज्ञप्ती मार्फत आफुु संगलग्न नेपाल प्रेस यूनियन बाजुराको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा पछि, आज भएको आपसी सहमतीका आधारमा मेलमिलाप भई पुन प्रेस युनियन नेपाल बाजुराका अध्यक्ष रहने गरी पत्रकार रौलेको पद बहाली समेत भईसकेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार रौलेले आफु माथी भएको अभद्र ब्यबाहार कुटपिट गरेको भन्दै महासघं बाजुरा शाखामा छानबिनका लागि निबेदन समेत दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार