बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • देशैभरका किसानबाट ६५ करोड ठग्ने युवक कैलाली कारागार चलान

देशैभरका किसानबाट ६५ करोड ठग्ने युवक कैलाली कारागार चलान

  • सोमवार, फाल्गुन ५, २०७६
देशैभरका किसानबाट ६५ करोड ठग्ने युवक कैलाली कारागार चलान

एसोसिएसन अफ एग्रीकल्चर नाम संस्था खोलेर देशैभरीका किसानबाट करोडौँ ठगी गर्ने युवक जिल्ला कारागार कैलाली चलान भएका छन्। एसोसिएसन अफ एग्रीकल्चर संस्थाको अध्यक्ष भन्दै सुदूरपश्चिम सहितका जिल्लामा शाखा विस्तार गरी किसान र कर्मचारीबाट रकम संकलन गरी ठग्ने कञ्चनपुरका ३१ वर्षीय गणेश भट्ट कारागार चलान भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैंलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आईतबार भएको थुनछेक बहसपछि भट्ट पुर्पक्षका लागि कारागार चलान भएको दिनेश खबरलाई जानकारी दिए। भट्टले देशका विभिन्न जिल्लामा शाखा विस्तार गर्दै  किसान र कर्मचारीहरुबाट करोडौँ रकम असुलेको भन्दै पक्राउ परेका भट्टमाथि प्रहरीले ठगी मुद्दा चलाएको थियो।

उनले विभिन्न जिल्लामा शाखा विस्तार गर्दै  कर्मचारीबाट डेढ लाखदेखि दुई लाख ५० हजार सम्म धरौटी लिएर जागिर दिने गरेका थिए। उनले कृषक समूह बनाएर फेरी थप रकम असुल्न निर्देशन दिने गरेका थिए।

भट्टले देशभरका विभिन्न जिल्लामा दर्जनौँ शाखा कार्यालय खोलेका छन्। उनले किसान र संस्थामा आवद्ध कर्मचारीबाट ६५ करोड बढि असुलेको अनुमान गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार