शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • चीनमा रहेका कुनै नेपालीमा पनि कोरोना देखिएन

चीनमा रहेका कुनै नेपालीमा पनि कोरोना देखिएन

  • सोमवार, फाल्गुन ५, २०७६
चीनमा रहेका कुनै नेपालीमा पनि कोरोना देखिएन

कोरोना भाइरसको महामारी फैलिएपछि उत्तरी छिमेकी मुलक चीनबाट नेपालीहरुलाई शनिबार उद्धार गर्न वायु सेवा निगमको विमान चीनको वुहान पुगेको छ। हुवेई प्रान्तमा रहेका १८० जना नेपालीलाई शनिबारै वायु सेवा निगमको वाइड बडी विमानले काठमाडौं ल्याउने छ।

यसरी उद्धार गर्न लागिएका नेपालीहरुले सामाजिक सञ्जालमा केही तस्वीर, भिडियो शेयर गरेका छन्। सौरभ लुँइटेल नामका एक व्यक्तिले विमानस्थलमा बोर्डिङ पास लिन लागिएको भन्दै भिडियो पोस्ट गरेका छन्। उनले स्थानीय सयमअनुसार ८ बजेबाट लगेज हेल्थ जाँच हुँदै गरेकोसमेत बताएका छन्।

अर्का डा.जीतसिंह भण्डारीले पनि केही तस्वीर शेयर गरेका छन्। विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण भइसकेको छ। पहिलो चरणमा १८५ विद्यार्थी कसैलाई पनि संक्रमण देखिएको छैन। १८५ मध्ये १४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा छन्।

उनीहरु सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका हुन्। चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका हुन्। कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै उनीहरु एयरपोर्ट आइपुगेका हुन्।

कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका छन्। १८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन्। एकजना भने कामदार भिसामा चीन गएका नेपाली हुन् भने अन्य चारजना चीन घुम्ने क्रममा वुहान पुगेका थिए। उनीहरुको साथमा तीनजना बालबच्चासमेत भएको पइचिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार