• होमपेज
  • आयुर्वेद
  • कलेजो सफा गर्नेदेखि कयौं रोगबाट बचाउने एउटै फलः स्याउ

कलेजो सफा गर्नेदेखि कयौं रोगबाट बचाउने एउटै फलः स्याउ

  • सोमवार, फाल्गुन ५, २०७६
कलेजो सफा गर्नेदेखि कयौं रोगबाट बचाउने एउटै फलः स्याउ

एन एप्पल अ डे कीप्स द डाक्टर अवे’ अर्थात हरेक दिन एउटा स्याउ खानुस्, डाक्टरलाई टाढा राख्नुस् । स्याउको अनेकन् फाइदा हुँदाहुँदै कम मात्र मानिसले नियमित स्याउ खाने गर्छन् । तर नियमित स्याउ खाँदा थुप्रै फाइदाहरु हुने गर्छ ।

एक अध्ययनका अनुसार एउटा स्याउमा भारी मात्रामा फ्लेवोनोइड्स पाइन्छ । फ्लेवोनोइड्सले शरीरका एक मात्र होइन थुप्रै समस्याहरुबाट बचाउँछ ।

हरेक दिन एउटा स्याउ खाँदा स्याउमा पाइने यो तत्वले शरीरमा क्यान्सर रोग लाग्नबाट बचाउँछ ।क्यान्सरबाहेक स्याउ खाँदा मुटु पनि स्वस्थ रहन्छ । स्याउले कोलेस्ट्रोल लेभल सन्तुलित राख्छ । जसले नसा गाँठो पर्न र हृदयघात हुन दिँदैन ।

नियमित स्याउ खाँदा शरीरमा कुनै पनि अंग सुन्निने समस्या आउँदैन । यसले शरीरमा डीएनएको लेभल सन्तुलन राख्छ । जसले रगतको क्यान्सर हुन दिँदैन ।
जसलाई भोक नलाग्ने समस्या छ उनीहरुले दिनदिनै स्याउ खानुपर्छ । साथै कलेजो सफा राख्नको लागि स्याउमा कालो नुन र कागतीको रस हालेर खानुपर्छ ।पाठेघरको अपरेशन गरेकाहरुले हरेक दिन स्याउ खानुपर्छ । साथै, पाठेघर काटेर फाल्नेहरुले कमजोरी, रिगंटा लाग्ने समस्याहरुबाट बच्न स्याउ खानुपर्छ ।हरेक दिन स्याउ खाँदा रक्तसञ्चार नर्मल हुन्छ । रक्तचाप र मधुमेह जस्ता समस्याका लागि स्याउ खानुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार