शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुद
  • ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

  • शनिबार, फाल्गुन ३, २०७६
ए डिभिजन लिगको उपाधि मछिन्द्रलाई

काठमाडौं । मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि उचालेको छ ।

शनिबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १(० गोल अन्तरले पराजित गरेसगै मछिन्द्र क्लब शिर्ष स्थानमा रहदै मछिन्द्र क्लब च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मछिन्द्रलाई जित दिलाउन आर्मीले गरेको आत्मघाती गोलनै प्रयाप्त बनेको थियो  ।

खेलको ३४ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलमा अग्रता बनाएको थियोे । मछिन्द्रका रन्जित धिमालले हानेको फल बलमा आर्मीका बिकास तामाङको टाउकोमा लागेर गोलमा परिनत भएको थियो ।

मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

खेलको १३ औं मिनेटमा आर्मीले पाएको कर्नर किक सदुपयोग गर्न सकेन । आर्मीका लागि भरत खवासले कर्नर प्रहार गरेका थिए ।

२० औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कर्कीले डि एरिया नजिकबाट प्रहार गरेको बल मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले बचाए ।

बललाई रोख्न खोज्दा आर्मीका गोल किपर विकेस कुथु घाइते भएर मैदान बाहिर गए ।

खेलको ५० औं मिनेटमा मछिन्द्रले गोल गर्ने अवसर पाए पनि सकेन  ।

साभार बाह्रखरि

चर्चामा

सम्बन्धित समाचार