बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • एक महिना निःशुल्क परीक्षणमा ३६ जना मधुमेहका बिरामी भेटीए

एक महिना निःशुल्क परीक्षणमा ३६ जना मधुमेहका बिरामी भेटीए

  • शनिबार, फाल्गुन ३, २०७६
एक महिना निःशुल्क परीक्षणमा ३६ जना मधुमेहका बिरामी भेटीए

 गगन अयडी/धनगढी, ३ फागुन

धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह परीक्षण र घरदैलो अभियान अन्र्तगत एक महिनको अवधिमा ३६ जना मधुमेहका बिरामीहरु फेला परेका छन् । एक महिनामा धनगढी उप महानगरपालिका वडा नम्मर ५ र ६ का विभिन्न ४ स्थानमा गरीएको निःशुल्क मधुमेह परीक्षण र घरदैलो अभियानमा महिला र पुरुष गरी जम्मा ३ सय ३२ जनाको चेक जाँच गरेको हो ।

चेकजाँच गर्ने क्रममा ३६ जना मधुमेहका रोगीहरु देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिनबहादुर धामीले बताए । एक महिना अगाडि हरेक हप्ताको शनिबार धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान सुरु गरेको हो । धनगढी उपमहानगरपालिका ६ ढुङ्गेबजारमा रहेको कृष्ण मन्दिरबाट अभियानको सुरुवात गरिएको थियो । त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्मर ५ मा रहेको बालबिहानि बोडिङ ईस्कुल, ज्ञाननिकेतन र शारदा उमाविमा निःशुल्क मधुमेह जाँच गरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउँदले बताए ।

शनिबार भएको शारदा उमाविमा भने महिला पुरुष गरी ५३ जनाको जाँचमा ७ जना मधुमेहका रोगीहरु भेटीएको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष धामीले बताए । मधुमेह अर्थात डाइबेटिसलाई सामान्य भाषामा चिनी रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । यो प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन्छ । इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह रोग लाग्ने गरेको डा निराजन दत्त शर्माले बताए । उनले भने ‘चिनिको मात्रा कम, गुलियो खानेकुरा खादा ध्यान दिनुप्रर्ने छ ।’ पछिल्लो समयमा ग्रामीण क्षेत्रमा भन्दापनि शहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । अभियानलाई शहरी क्षेत्रमा भन्दा गाउ बस्ति तिर लैजाने प्रयास रहेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक साउँदले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार