शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • फागुन सातबाट कार्यकता प्रशिक्षण दिन नेपाली काँग्रेस गाउ जाने

फागुन सातबाट कार्यकता प्रशिक्षण दिन नेपाली काँग्रेस गाउ जाने

स्थानीय तहले काम गर्न नसकेको काग्रेसको ठहर

  • शनिबार, फाल्गुन ३, २०७६
फागुन सातबाट कार्यकता प्रशिक्षण दिन नेपाली काँग्रेस गाउ जाने

बाजुरा ३ फागुन- नेपाली काँग्रेस बाजुराले स्थानीय तहले सोचे जस्तो काम गर्न नसकेको बैठकबाट समिक्षा गरेको छ । निर्बाचनको समयमा पार्टीले लिएका जनपक्षीय सवालमा काम गर्न नसकेको काँग्रेस जिल्ला कार्य समिति सभापति कविराज पण्डितले बताए ।
पार्टी जिल्ला कार्यसमितिको पूर्ण बैठक बारे पत्रकारलाई जानकारी दिँदै पार्टी सभापति पण्डितले स्थानीय तहको काम बारे व्यापक समीक्षा भएको बताएका छन् । नेपाली काँग्रेसले बोकेको नारा र जनताको पक्षमा काम गर्न नसकेकोे महशुस भएकोले सुधार गर्न प्रशिक्षण कार्यक्रम सुरु गरिएको पण्तिले पत्रकास सम्मेलनमा बताए ।
नेपाली काँग्रेस बाजुराले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरपारी बाजुराका नौ ओटा स्थानिय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । विज्ञ टोली बनाएर नेता तथा कार्यकर्तालाई संगै राखेर प्रशिक्षण दिने नेपाली काँग्रेस पार्टी सचिव रनसिंह बहादुर अयडीले बताए ।
पार्टीको सिफारिस र चुनाव चिन्ह लिएर निर्बाचित भएका जनप्रतिनिधिहरुले पार्टीको विचार र मान्यतालाई बोकेर लैजानु पर्ने हुन्छ । सभापति पण्डितले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा भनेका छन् ।
भ्रष्टाचारको श्रृखला स्थानीय तहदेखि केन्द्रसम्म छ, आफू प्रतिकुल काममा कार्यकर्ताले अख्तियारलाई मुद्दा हाल्ने गर्दा पनि बढी नै भ्रष्टाचार भएको जस्तो देखिएकोले यसमा सत्ता र प्रतिपक्ष दुबै सच्चिन जरुरी रहेको सभापति पण्डितले बताएका छन् । पार्टी सभापति पण्डितले प्रतिपक्षको धर्म नै सरकारका गतिविधी विरुद्ध काम गर्नु पर्ने भएकोले सडक र सदनबाट विरोधका कार्यक्रम गर्ने तयारीमा रहेको बताएका छन् । पण्डितले संघ र प्रदेशबाट आएको बजेट मनोमानी र कार्यकर्ता पोस्नका लागि मात्र आएकोले यसमा काँग्रेसले निगरानी राख्ने बताएका छन् । काँग्रेसले फागुन ७ देखि २० गतेसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रेस युनियनका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा पार्टी सभापति कविराज पण्डित, काँग्रेस महासमिति सदस्य एवं भूमि सुधार व्यवस्था सहायक मन्त्री जनकराज गिरी, पार्टी सचिव रनसिंह बहादुर अयडी, प्रवक्ता धनराज पण्डित लगायत सहभाथि थिए । कार्यक्रमको सञ्चालन प्रेस युनियनका उपाध्यक्ष सगिता तिमिल्सेनाले गरेकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार