शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रेम दिवस सम्बन्धि कलक राेकाया सानुका मुक्तकहरु..प्रिय प्रणय दिवस

प्रेम दिवस सम्बन्धि कलक राेकाया सानुका मुक्तकहरु..प्रिय प्रणय दिवस

  • बुधबार, माघ २९, २०७६
प्रेम दिवस सम्बन्धि कलक राेकाया सानुका मुक्तकहरु..प्रिय प्रणय दिवस

१.
प्रणय दिवसमा उपहार लिने समय छैन,
मेराे दिल सित्तैमा अझै दिने समय छैन।
हर बखत पहरामै बितेकाे याे जवानी ,
ब्यस्त निजि जिन्दगी किन्ने समय छैन।
२.
तिमिलाई लिन अाउलानि प्रणय दिवसमा,
दिल खाेलेरपिरति लाउलानि प्रणय दिवसमा।
मेराे राेजाईमा तिमि भेट्न बिदा लेखी अब,
मन परेकाे ठाउँ जाउलानि प्रणय दिवसमा।
३.
दिन्छु भनी उपहार खाेजेकाे थिए,
दिल भित्रकि प्यारी राेजेकाे थिए।
स्वागत गर्न प्रणय दिवसमा म पनि,
उपस्थिति हुन्छु भनि साचेकाे थिए।
४.
मन पर्नेलाई राेजेर राख्छु साेचेकाे थिय,
माया गर्नेलाई राेजेर राख्छु साेचेकाे थिय।
मेराे जिन्दगीमा दु:ख शुख समाल्दै अब,
खुशि छर्नेलाई राेजेर राख्छु साेचेकाे थिय।
५.
तिम्रा लागि गाउघर सबै धाउनेछु ,
प्रेम दिवसकाे दिन घरमै अाउनेछु ।
राताे गुलाब पबित्र मनले दिएर,
कहिलै नछुट्टिने चाेखाे पिरति लाउनेछु

~कलक राेकाया सानु
गाैमुल गाउपालिका वडा नं.६
सालिकाेट बाजुरा

चर्चामा

सम्बन्धित समाचार