शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • निर्माणाधिन जिल्ला अस्पताल बाजुराको अनुगमन गरे सांसद थापाले

निर्माणाधिन जिल्ला अस्पताल बाजुराको अनुगमन गरे सांसद थापाले

  • मङ्लबार, माघ २८, २०७६
निर्माणाधिन जिल्ला अस्पताल बाजुराको अनुगमन गरे सांसद थापाले

प्रतिनिधि सभाका सदस्य तथा सांसद लाल बहादुर थापाले जिल्ला अस्पताल बाजुराको निर्माणाधिन जिल्ला अस्पतालको अनुगमन गरेका छन् । भइरहेको कामको अबस्था तथा गुणस्तरको बारेमा स्थलगत अनुगमन गरेका छन् ।
जिल्ला अस्पताल बाजुरा १५ शै्या बाट ५० शै्याको निर्माण भइरहेको छ । ठेकेदारले सम्झौता मितिमा काम सक्ने वा नसक्ने र अर्को गुणस्तरका बारेमा स्थलगत रुपमा अनुगमन गरेको सांसद थापाले वताएका छन् । काम छिटो छरितो सँगै गुणस्तर बनाउनका लागि आफु लाग्ने समेत बताएका छन् । अनुगमन पछि ठेकेदार र सम्बन्धित कार्यलयलाई कामको गुणस्तर र समयमै काम सक्ने बारे छलफल गर्ने थापाले वताएका छन् । साथै अस्पतालको अतिक्रमित जग्गामा डोजर लगाएको बारेमा समेत अवलोकन गरेका थिए ।


जिल्ला अस्पताल पुराना भवन भत्काएर नयाँ भवन निर्माण हुँदा अस्पतालमा उपचारको समस्याका बारेमा अनुगमन गरेका थिए । नयाँ भवन निर्माण नहुँदा सम्म अस्पतालमा बिरामीको उपचारमा सहज बनाउनका लागि अस्पताल लगायत सरोकारवाला निकाय सँग छलफल गर्ने थापाले वताए । सांसद थापा सोमवार जिल्ला पुगेका थिए ।


जिल्ला अस्पताल बाजुरा शहरि विकास मन्त्रालय अन्र्तगत निर्माण हुन लागेको हो । २०७५ साल बैशाख ५ गते बाट ठेक्काको काम शुरु भएको थियो । डाँफे लोहनी, पि एस जेभी डोटिले पाएको ठेक्का बैशाख मा सक्ने गरि सम्झौता भएको छ । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ मा कम्पनीले ठेक्का पाएको थियो । कम्पनीले अस्पतालको मुख्य भवनको काम शुरु गरिसकेको छ भने डक्टर बस्ने क्वाटरको पनि काम शुरु गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार