• होमपेज
  • बडिमालिका
  • अबैध रुपमा ढुङ्गा, गिट्टि, वालुवा निकाशिले जग्गा कटान

अबैध रुपमा ढुङ्गा, गिट्टि, वालुवा निकाशिले जग्गा कटान

  • मङ्लबार, माघ २८, २०७६
अबैध रुपमा ढुङ्गा, गिट्टि, वालुवा निकाशिले जग्गा कटान

अबैध रुपमा ढुङ्गा, गिट्टि, वालुवा निकाशिले जग्गा कटान
प्रकाश सिंह
बडिमालिका नगरपालिका ७ सदरमुकाम मार्तडी नजिकै रहेको बाहुली खोला बाट अबैध रुपमा ढुङ्गा वालुवा निकाशि भईरहेको छ । दैनिक जसो बाहुली खोला बाट ढुङ्गा, गिट्टि, वालुवा सदरमुकाम मार्तडीमा निर्माण हुन लागेका नयाँ घर र सरकारी भवन निर्माणका लागि निकाशि भईरहेका छन् ।
सदरमुकामको १ घण्टा पेरिफेरि बाट अबैध रुपमा ढुङ्गा, गिटि, वालुवा निकाशि भईरहेको भएपनि प्रशासन भने मौन बसेको छ । जथाभाबि निकासिले जग्गा कटान गरिसकेको छ भने बस्ति पनि जोखिममा रहेको छ । केही बर्ष पहिला १२ परिवार बिस्थापित भएका हुन् । वातावरणिय प्रभाब मुल्याङ्कन तथा प्रारम्भिक वातावरणिय परिक्षण गरेर मात्र कुनै पनि ठाँउ बाट ढुङ्गा गिटि, वालुवा निकाशि गर्नु पर्ने प्राबधान भएपनि कुनै मुल्याङ्कन विना बाजुरामा अबैध रुपमा निकाशि भईरहेको पाईएको छ । ‘बाहुली खोला र सेरा बगर बाट जसरि निकाशि भईरहेको छ, यो सबै गैर कानुनि हो, वातावरणिय मुल्याङ्कन गरेर मात्र निकाश गर्नुपर्ने कानुनि प्राबधान रहेको छ ।
वातावरणिय अध्ययन विना ढुङ्गा, गिटि, वालुवा निकाशिले वातावरणिय, आर्थिक, भौतिक, समाजिक असर पार्ने गरेको प्राबिधिकहरुले बताएका छन् । कुन ठाँउ बाट कति ढुङ्गा, गिटि, वालुवा मात्र निकाशि गर्दा वातावरणमा असर पर्दैन भन्ने मुल्याङ्कन हुनुपर्छ, तब मात्र निकाशि गर्नुपर्ने ईन्जिनियर दिपक भारतीले बताए । दैनिक रुपमा ढुङ्गा, गिटि, वालुवा निकाशिले भुक्षय हुने चिन्तामा स्थानिय बासि रहेका छन् । खोला बाट यसरि निकाशिले बर्षेनी जग्गा कटान गरेर बगर बनाउदै आएको स्थानिय जनक रावलले बताए । उनले भने मनोमानि तरिकाले निकाशि भईरहेको छ, यसमा स्थानिय सरकार, प्रशासनले कुनै वास्ता नगरेको रावलले थपे । खेती योग्य जमिन र बस्तिमा समेत कटान गरदै आएको छ । बाहुली बाट अबैध निकाशिले ठुलो बाढि पहिराको चपेटा र बाहुलीको बस्ति समेत जोखिममा बन्दै गएको सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष शेर बहादुर शाहिले बताए ।
त्यस्तै बुढिगंगा नगरपालिकाको ३ सेरा बगर बाट गैर कानुनी रुपमा ढुङ्गा, गिट्टि, वालुवा निकाशि भइरहेको छ । स्थानिय स्वायत्त शासन ऐन अन्र्तगत प्रति क्युफिट २ रुपैया कर तिर्नुे ब्यबस्था रहेको छ । यसरी हेर्दो त्यो क्षेत्र बाट बर्षेनी ५० लाख भन्दा बढि कर उठने रहेको हुन्छ, तर प्रत्येक बर्ष मनोमानी रुपमा बाहिर जाने गरेको छ । सेरा बगरमा अनुमति बिना नै क्रसर उद्योग समेत सञ्चालन गरेको छ । जिल्लामा क्रसर उद्योग सञ्चालन गर्दा जिल्ला घरेलु उद्योग कार्यलयको अनुमति लिनु पर्ने र खोल्न उपयुक्त छ या छैन भनेर अध्ययन गर्नु पर्ने भएपनि दर्ता विना नै सञ्चालनमा आएको । घरेलु तथा साना उद्योग कार्यलयका बिक्रम कटुवालका अनुसार अहिले सम्म बाजुरामा कुनै क्रसर उद्योग दर्ता नभएको वताएको छ ।
दैनिक रुपमा ढुङ्गा, गिटि, वालुवा निकाशिले भुक्षयको चिन्तामा स्थानिय बासि रहेका छन् । खोला बाट यसरि निकाशिले बर्षेनी जग्गा कटान गरेर बगर बनाउदै आएको स्थानियले वताएका छन् । मनोमानि तरिकाले निकाशि भईरहेको छ, यसमा गाबिस, जिबिस, प्रशासनले कुनै वास्ता नगरेको स्थानियको भनाई छ । ढुङ्गा, गिट्टि, वालुवा निकाशि नरोकिएमा बिस्तारै बह्रमतोला, कुल्देबमाण्डौ र कैलाशमाण्डौ गाँउ उच्च जोखिममा रहेको स्थानिय तुला बहादुर थापाले वताए ।

चर्चामा

सम्बन्धित समाचार