शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • रुक्सलको लोभलाग्दो जवानी गजल

रुक्सलको लोभलाग्दो जवानी गजल

  • मङ्लबार, माघ २८, २०७६
रुक्सलको लोभलाग्दो जवानी गजल

धुवाँ जस्तै सेतो बादल पानी भएपछी।
को पछि नपर्ला र लोभलाग्दो जवानी भएपछि ।।

जिउँदोमा त सम्झदा नि पैसा पर्ला सोच्नेहरु।
अरे आँसु झारेर के काम छ शरिर खरानी भएपछि ।।

खै के बुझ्थ्यो र बजुरेली जनताका समस्या हरु।
सयौं कोश टाढा नेता बस्ने राजधानी भएपछि ।।

अति मीठो हुन्छन अरे त्यी मान्छेका साथहरु।
जसलमई पाउन जिउने अनि मर्ने परिसानी भएपछि ।।

अब गोप्य भनम या छाडा भनम हाम्रो सम्बन्धलाई ।
दुनियाँले थाहा पाउने राम-कहानी भएपछि ।।

रुगम रावल “रुक्सल”
बुढिगङ्गा नगरपालिका 10 सुन्दर बस्ती बदेडा

चर्चामा

सम्बन्धित समाचार