शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बिबिध कार्यक्रमका बिच हाम्रो बार्षिक उत्सव सम्पन्न

बिबिध कार्यक्रमका बिच हाम्रो बार्षिक उत्सव सम्पन्न

  • सोमवार, माघ २७, २०७६
बिबिध कार्यक्रमका बिच हाम्रो बार्षिक उत्सव सम्पन्न

बाजुरा २७ माघ– बाजुरा जिल्लामा संचालित बडिमालिका मिडिया हाउसको प्रथम बार्षिक उत्सव बिबिध कार्यक्रम गरि मनाएको छ । जिल्लामा संचालित बडिमालिका मिडिया हाउसद्धारा संचालित बडिमालिका खवर अनलाइनको बार्षिक उत्सव सम्पन्न भएको हो । २०७५ साल माघ २७ गते एक कार्यक्रमका बिच एकै चोटी बिस्वभर डिस्पेले गरेको अनलाईनले आज एक बर्ष पुरा गरेको छ ।
बाजुरा जस्तो दुर्गम जिल्लामा अनलाइन संचानलनमा ल्याई बिश्वमा रहेका नेपालीहरुलाई सुचना पर्बाह गरेको र आम बाजुरा बासी लगायत बिश्वका सबैलाइ सुचना सन्देश दिन सफल भएको बिभिन्न माध्यमद्धारा पाठकले सन्देश पठाएका छन् ।
त्यसै गरि जिल्लामा रहेका केही अनाथ तथा टुहुरा र बिपन्न बर्गका अपाङ्गहरुलाई सहयोग गरेको छ । त्यसै गरि जिल्लामा सामाजिक सेवामा संलग्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरेको । बाजुरा जिल्लामा एक कार्यक्रमका बिच आफ्नो प्रथम बार्षिक उत्सव सम्पन्न गरिएको छ ।
बडिमालिका मिडिया हाउसका प्रकाशक सम्पादक प्रकाश सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रममा बिसिष्ठ अतिथिमा नपाल पत्रकार महासघं सुदुरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष अर्जुन शाह, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने रहेका थिए । कार्यक्रमको संचालन अनलाईनका कार्यकारी सम्पादक पदम सिहले गरेका थिए । कार्यक्रममा स्वागत अनलाइनका अनलाइन सम्पदक लक्ष्मीराज पाध्यायले गरेका थिए ।
कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधी पत्रकार नागरिक समाजका अगुवा समेतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार