बाजुरा २७ माघ बडीमालिका नगरपालिका–८ मावली घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको नेपाली सेना हेलिकप्टर मार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–६ रुगिन घर भएका २ वर्षीय बालक कृष्टन पाण्डे मावली घरको छतबाट खसेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
श्वासप्रसावमा समस्या आएपछि जिल्लामै उपचार सम्भव नभएकाले थप उपचारका लागि जिल्ला बाहिर पठाइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन् । गम्भीर घाइते भएका बालकको सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले दिएका छन् ।
उनले प्रशासनको पहल, सघिय सरकार र सुदूरपश्चिम प्रदेश सरकारे पहल तथा आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट बालकको उद्धार गरिएको प्रजिअ न्यौपानेले बताए । उद्धारका लागि प्रतिनिधि सभाका सदस्य लाल बहादुर थापा र शुदुरपश्चिम प्रदेश सरकारका अान्तरिक मामिला मन्त्री प्रकाश शाह लगायतले पहल गरेका थिए ।