शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • निर्मला हत्या प्रकरणमा नयाँ प्रतिवेदन तयार : दिलीप नै दोषी

निर्मला हत्या प्रकरणमा नयाँ प्रतिवेदन तयार : दिलीप नै दोषी

  • सोमवार, माघ २७, २०७६
निर्मला हत्या प्रकरणमा नयाँ प्रतिवेदन तयार : दिलीप नै दोषी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या सम्बन्धमा एआईजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले खारेज गर्दैै नयाँ प्रतिवेदन कार्यान्वयनका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले दुईसाताअघि अर्का डीआईजी सुरज केसी नेतृत्वमा पुनरवलोकन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए।

प्रहरी उच्च स्रोतका अनुसार पछिल्लो प्रतिवेदनमा दिलीप सिंह विष्टलाई नै मुख्य दोषी देखाइएको छ। विष्ट नै मुख्य अभियुक्त रहेकाले अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो।

एआईजी बस्न्यात नेतृत्वमा २०७५ भदौ ३१ मा छानबिन समिति गठन गरिएको थियो। १३ वर्षीया बालिका पन्तको २०७५ साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

बस्न्यात नेतृत्वको समितिले नै यसअघि पक्राउ परिसकेका विष्ट निर्दोष रहेको भन्दै प्रहरी अनुसन्धानमै कमजोरी देखिएको निष्कर्ष निकालेको थियो। बाह्रखरीबाट साभार 

चर्चामा

सम्बन्धित समाचार