• होमपेज
  • समाज
  • बाजुरामा बदेलको आक्रमणबाट सात जना घाइते

बाजुरामा बदेलको आक्रमणबाट सात जना घाइते

  • आइतवार, माघ २६, २०७६
बाजुरामा बदेलको आक्रमणबाट सात जना घाइते

गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली जनावर बदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण वि.क.५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जानकारी दिएका छन् । घाइते हुनेमा ४० वर्षीय प्रेम रोकाया,४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेकामृे प्रहरी निरिक्षक रोकायाले बताए ।

घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ । बदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फकाइएको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए । बदेलको आक्रमणमा परी गम्भीर घाइते भएइका जगत विश्वकर्मालाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि अन्यत्र  रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले बताएका छन् ।

विश्वकर्माको दाँया र बाँया हातको औला नै  छैन  । भने पुर्ण वि.क. र डबल रोकायाको हात खुट्टा र ढाडमा चोट लागृेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको  सुचना अधिकारी पन्तले बताए । गम्भीर घाइते भएका विश्वकर्माकामे ढाड नै भाचिएकाले जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र पठाउनु परेको अस्पतालले जनाएको छ ।

 ं

चर्चामा

सम्बन्धित समाचार