• होमपेज
  • कला /साहित्य
  • हातमा बोतल लिएर हिडेको छु

हातमा बोतल लिएर हिडेको छु

  • आइतवार, माघ २६, २०७६
हातमा बोतल लिएर हिडेको छु

पागल भइ हातमा बोतल लिएर हिडेको छु।
उसको यादमा दिनहुँदिन पिएर हिडेको छु।।

रुन थाल्छु जब आउँछ उनको याद मनभरी।
याद भुलाउन नशामा ज्यान जिएर हिडेको छु।।

बिर्सनलाइ अतितका आफ्नै मिठा कहानिलाइ ।
टुक्राटुक्रा फाटेको मन सिएर हिडेको छु।।

जस्ले पलपल मार्‍यो मलाई जिउदै जलाएर।
फेरि उसलाइ कोमल मुटु दिएर हिडेको छु।।

नदिको त्यो छालले हानेका बालुवा जस्तै।
मुटु अनि दुख्ने मन खिएर हिडेको छु।।
रुगम रावल “रुक्सल”
बुढीगङ्गा नगरपालिका 10 बदेडा
बाजुरा

चर्चामा

सम्बन्धित समाचार