• होमपेज
  • समाज
  • हुम्ला बाट २० घण्टापछि गर्भवतीको उद्धार

हुम्ला बाट २० घण्टापछि गर्भवतीको उद्धार

  • शनिबार, माघ २५, २०७६
हुम्ला बाट २० घण्टापछि गर्भवतीको उद्धार

हुम्ला सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ । बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया  याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ  ।

सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको  छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् । व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताए । रासस

चर्चामा

सम्बन्धित समाचार