• होमपेज
  • बडिमालिका
  • बालविवाहको अन्त्य गर्न सक्रिय भएर लाग्छौं : स्थानीय

बालविवाहको अन्त्य गर्न सक्रिय भएर लाग्छौं : स्थानीय

  • बुधबार, माघ २२, २०७६
बालविवाहको अन्त्य गर्न सक्रिय भएर लाग्छौं : स्थानीय

बाजुरा २२ माघ– बडीमालिका नगरपालिका वडा नं. ८ का स्थानीयहरुले बालविवाह अन्त्य गर्नका लागि सक्रिय भएर लाग्ने बताएका छन् ।
बडीमालिका नगरपालिकाको वडा नं. ८ ले बुधबार वडामा बालविवाह अन्त्य गर्नका लागि गरेको सामुदायिक भेलामा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् ।
बालबालिकाहरुको २० वर्षको उमेरपछि मात्रै विवाह गर्नुपर्छ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ बडीमालिका नगरालिका ८ को समन्वय र बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा बुधबार बाजुरा क्याम्पसमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको महिला बिकास सहायक निरीक्षक बिन्दु बडालले बताइन ।
कार्यक्रममा सहभागि भएका बडीमालिका ८ का अधिकाँस सहभागी महिला, पुरुषहरुले आगामी दिनमा वडा भित्र कुनै पनि बालवालिकालाई उमेर नपुगि बालविवाह नगर्न दिने बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले समाजमा वालविबाह गर्दा खेरी हुने समस्या र चुनौति, उमेर नपुगि विवाह गर्दा सरकारको कानुनी व्यवस्था बारे जानकारी दिएका थिए ।
त्यस्तै कार्यक्रममा बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले समाजमा बालवालिका प्रति अभिभावकको भुमिमा के हो र बालक को हुन् भन्ने कुरा प्रष्ट बुझ्न जरुरी रहेको बताएका थिए ।
उनले १८ वर्षमुनिका बालवालिका र बालबालिकालाई अभिभावकले नियमित समय नदिनाले पछिल्लो समयमा बालविवाह बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । आगामी दिनमा वडाका अभिभावकहरुले नै बालविवाह रोक्नमा सक्रिय भएर लाग्न वडा अध्यक्ष रावलले आग्रह गरेका थिए ।
बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा बालविवाह र छाउपडी प्रथा अन्त्य गर्नका लागि प्रत्येक वडाका अभिभावकहरुलाई छाउपडी कुप्रथा र बालविवाह बारे जनचेतना फैलाउन विभिन्न सन्देशमुलक कार्यक्रमहरु संचालन गरिरहेको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा सहयक महिला बिकास अधिकृत विन्दु बडालले जानकारी गराएको हो ।
बाजुरा क्याम्पस बाजुराको प्राङ्गणमा संचालन भएको उक्त कार्यक्रममा वडा भित्रका ८० वढी अभिभावकहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार