बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भाइरल प्रभाबित क्षेत्रमा हिड्यो डाक्टरको टोली

भाइरल प्रभाबित क्षेत्रमा हिड्यो डाक्टरको टोली

  • मङ्लबार, माघ २१, २०७६
भाइरल प्रभाबित क्षेत्रमा हिड्यो डाक्टरको टोली

बाजुरा २१ माघ– बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ६ को बोल्ढिक गाउँमा एक हप्तादेखी फैलिएको भाइरल प्रभाबित क्षेत्रमा जिल्लाबाट डाक्टरको एक टोली हिडेको छ । जिल्ला अस्पताल बाजुराबाट एक टोली आजै हिडिसकेको डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् ।
ज्वरोले गाउँ नै प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी बिद्यालय समेत बन्द भएको खवर बिभिन्न संचार माध्यामा आइसकेपछि जिल्ला बाट एक टोली र प्राबिधिक सहितको अर्को टोली नेपालगंजबाट हिडेको प्रदेश सभा सदस्य बल्देब रेग्मीले बताएका छन् ।
हिमाली गाउँपालिका ६ को सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित बनेको छ । सुरुमा केही व्यक्तिमा देखिएको ज्वरोको संक्रमण हप्तादिन नुपग्दै गाउँभर नै फैलिएको हो । गाउँमा हालसम्म १ सय ५० बढी बिरामी परेको स्थानीय गोरख सार्कीले बताए ।
गाउँमा बिारमी बढे पनी गाउँपालिकाले कुनै चासो नदिदा बिरामीहरु झन समस्यामा परेका स्थानीयको भनाइ रहेको छ । यता गाउँपालिका नजिकै रहेको गाउँ भए पनी कुनै चासो नदिदा प्रदेश सरकारले प्रभाबित क्षेत्रमा डाक्टरको टोली पठाउन सहयोग गरेको दलित अधिकारकर्मी गोरख शार्कीले बताएका छन् ।
जिल्लामा बिभिन्न समन्य पश्चात आजै जिल्लाबाट डाक्टर राजुराज जैशीको नृतित्वमा एक टोली सो क्षेत्रका लागि हिडीसकेको र ल्याव सहित प्राबिधीकहरुको टिम भोली बिहान नेपालगंजबाट हवाइजहाज मार्फत आउने भएको प्रदेश सभा सदस्य बल्देब रेग्मीले बताएका छन् ।
सुरुमा हिमाली गाउँपालिका ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस स्कुलमा ३० र भवानी आधारभुत बिद्यालयमा ४० जना गरि ७० जना बिद्यार्थीलाई संक्रमण देखिएको छ । बिस्तारै बिद्यार्थी हुदै बृद्ध र बृद्धाहरुमा पनी यो संक्रमण देखीन थालेको स्थानीयले बताएका छन् ।
स्कुल बन्द गरिएको छ । घर घरमा ज्वरोको संक्रमणबाट बिरामी थला परेपछि उपचारमा समेत समस्या देखिएको छ

चर्चामा

सम्बन्धित समाचार