बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पुष्कर साउद जिन्दगी देखि हार मान्दै ( मुक्तक)

पुष्कर साउद जिन्दगी देखि हार मान्दै ( मुक्तक)

  • सोमवार, माघ २०, २०७६
पुष्कर साउद जिन्दगी देखि हार मान्दै ( मुक्तक)

मुक्तक(१)
आजभोलि त्यो हसिलो मुस्कान मन्द गरेकी छौ।
किन हो प्रिया मसँग बोलचाल बन्द गरेकी छौ।।
भन के कुरामा तिम्रो~कोमल मन दुखाएको छु।
नबोली तिमीले किन त्यो मनमै द्वन्द गरेकी छौ।।
मुक्तक(२)
जिन्दगी देखि हार मान्दै नमान्नुहोस्।
ठक्कर लाग्न~सक्छ,,ढुङ्गा ठान्नुहोस्।।
एकपटक सफलता हातमा आउनेछ।
पहिले संघर्षलाई राम्रोसँग जान्नुहोस्।।
मुक्तक(३)
तिम्रो कठोर मनलाई पगाल्न सकिएन।
प्रिय तिमी बिना कदम चाल्न सकिएन।।
आज मेरो यात्रा गन्तव्य बिहिन हुदापनि।।
यो दिलबाट तिमीलाई फाल्न सकिएन।।
मुक्तक(४)
तिमी ठकुरी म क्षेत्री सँगै रमाउन् पाए।
मन खुशी हुन्थ्यो दिलमा सजाउन पाए।।
हामीलाई समाजले एकहुन दिएन प्यारी।
बन्धनमा बस्थेउँ त्यो चलन हटाउन पाए।।

मुक्तक(५)
कुन गतिमा चलेको छ धड्कन बुझ्न सकिएन।
बारम्बार बदलिने यो मेरो मन बुझ्न सकिएन।।
हो आज यता न उताको भयो~ मेरो जिन्दगी।
त्यो दु:खमा बितेको बालापन बुझ्न सकिएन।।

((मुक्तक))(६)
एक बालक गल्ली चोक डुल्छ शहर छिरेपछि।
रत कोपिला फुले जस्तै फुल्छ शहर छिरेपछि।।
यो आधुनिक जमाना हो भन्छ,,,छोराले पनि।
बा-आमा~साथी भाइ भुल्छ, शहर छिरेपछि।।

पुष्कर साउद
बाह्र्बिस बाजुरा
सिगाडा

चर्चामा

सम्बन्धित समाचार