बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • पाँच किलोमिटर रोडरेशमा बाजुराकी राजपुरा दोस्रो स्थानमा

पाँच किलोमिटर रोडरेशमा बाजुराकी राजपुरा दोस्रो स्थानमा

  • शनिबार, माघ १८, २०७६
पाँच किलोमिटर रोडरेशमा बाजुराकी राजपुरा  दोस्रो स्थानमा

बाजुरा १८ माघ– काठमाण्डौमा आयोजित ५ किलोमिटर  रोडरेसमा बाजुराकी राजपुरा पछाइ (महतारा)ले दोस्रो स्थान हासिल गरेकी छन । युथकल्व कर्नरले आयोजना गरेको रोडरेस दौडमा बाजुराकी राजपुराले दोस्रो स्थान ल्याएकी हुन । काठमाण्डौकी सन्तोशी श्रेष्ठले पछि पारेपाछी उनी दोस्रो भएकी हुन ।
युथक्लव कर्नरले काठमाण्डौमा आयोजना गरेको ५ किलोमिटर रोड रेसमा बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका २ साप्पाटाकी राजपुरा पछाई (महतरा)ले दोस्रो स्थान हाँसिल गरेको उनका श्रीमान शुभराज महतराले बताएका छन् ।


राजपुराले यसअघि भएका बिभिन्न म्याराथुनहरुमा पनी भाग लिएकी छन । नेपाल पुलीस क्लवबाट यस अघि भएको १३ औँ दक्षिण यसीयाली खेलकुदमा पनी नेपालको कृतीमान राख्दै  ८ अाैँ राष्टिय खेलकुदमा  पनी स्वण जितेकी थिइन ।
उनी नेपाल प्रहरीमा जागिर गर्दै पुलिस क्लवबाट बिभिन्न समयमा म्याराथुनमा भाग लिन बिभिन्न ठाउँमा पुगी सकेकी उनका श्रीमान  शुभराज महतराले बताएका छन् । यनले यस अघि नेपालमा भएको १३ औँ सार्क खेलमा ४२ किलोमिटर म्याराथुनमा भाग लिएकी थिइन, अन्य २१ किलोमिटरमा सेकेन्ड र १० किलो मिटरका खेलहरुमा भाग लिइसकेकी छन् ।जापानमा भएकाे होक्काइडो म्याराथनमा नेपालकी धाविका राजपुरा पछाई (महतरा)ले २ घण्टा ५६ मिनेटको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। महतराका दुबै जना नेपाल प्रहरीमा जागिरे छन् । अाठाैँ राष्ट्रिय खेलमा ४२ किलाेमिटर स्वर्ण र १० किलाेमिटर म्याराथुनमा दाेस्राे स्थान पाएकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार