शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • यातायात ब्यबासायीको दादागिरी कायमै, प्रशासन मौन, भाडादर घटेन

यातायात ब्यबासायीको दादागिरी कायमै, प्रशासन मौन, भाडादर घटेन

  • बिहिबार, माघ १६, २०७६
यातायात ब्यबासायीको दादागिरी कायमै, प्रशासन मौन, भाडादर घटेन
फाइल तस्वीर

बाजुरा १६ माघ — बाजुरा जिल्लामा रहेका यातायात ब्यबासायीहरुको दादागिरी सरकारी पक्षले रोक्न सकेको छैन । डेढ महिना अगाडी यातायता ब्यबस्था भिभागले साफे मार्तडी सडकको रुट प्रमिट संगै नँया भाडादर कायम गरिएको भए पनी यातायात ब्यबासायीहरुले भने मनोमानी गर्ने गरेको यात्रुहरुको गुनासो रहेको छ ।

उसो त जिल्ला प्रशासन कार्यालयमा यातायात ब्यबासयीहरुसंगको सर्बपक्षिय बैठकले समेत भडादरमा हेरफेर गरेको थियो । तर यातायात ब्यबासयीहरुले भने जिल्ला प्रशासनमा भएको बैठकमा भएको समझदारी पनी कार्यान्वयनमा आएको देखीदैन । जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा बोल्ने अधिकासं सहभागीहरु ब्याबासायीहरु प्रति लचक भएकै थिए तर पनी ब्यबासायी भने लचक नभएको यात्रुहरुको गुनासो रहेको छ । यसभन्दा अगाडी पनी प्रशासन प्रहरी यातायात ब्यबासयी प्रति लचकता देखाए पनी ब्यबासायीहरुले भने कहिल्यै मानेका छैनन् । पटक भएका बैठकमा यातायात ब्यबासायीहरुलाई मर्का नपर्ने गरि निर्णय भएको भए पनी बाजुराबासी भने यातायात ब्यबासायीबाट ठगिदै आएका छन् । मन्त्रालयले गरेको निर्णय जिल्ला प्रशासनले उल्लघन गर्न मिल्छ या मिल्दैन तर जिल्लामा भने ब्यबासायी मर्कामा पर्ने भनेपछि मन्त्राललय गरेको निर्णयमा पनी ब्यबासायीले अटेर गरेको पाइएको छ । मार्तडी देखी साफेकाे भाडादर सरकारले घटाएकाे भए पनी थप जनताले डवल तिर्नुपरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार