शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • बाजुरामा जीप दुर्घटना पाच जना घाईते एक जनाकाे अबस्था गम्भीर 

बाजुरामा जीप दुर्घटना पाच जना घाईते एक जनाकाे अबस्था गम्भीर 

  • बिहिबार, माघ १६, २०७६
बाजुरामा जीप दुर्घटना पाच जना घाईते एक जनाकाे अबस्था गम्भीर 

बाजुरा १६ माघ —बाजुरा जिल्लाकाे जगन्नाथ गाउपालिकामा हिजाे राती छ बजेतिर दुर्घटना भएकाे छ । ००१ ज १२०६ नम्मरकाे जिप पिलुचाैबाट बिरामी लिन जगनाथ गएकाे र बिच बाटामै दुर्घटना भएकाे बुझिएकाे छ ।
जिप हिजो राती ६ बजे तिर पिलिचौर बाट सेरा बिमारी लिनका लागि गएको जगन्नाथ गाउपालिकाकाे गणेल खोलामा जिप ब्याग गर्ने क्रममा गाडी रोड बाट करिब २ सय ५० मिटर तल खस्दा ५ जना घाईते भएका छन । घाइते हुनेमा नेपागन्ज उप महानगर पालिका का बिक्र सुनार , स्वामिकार्तिक ३ जुकोट बस्ने खगराज साही र बुढिनन्दा नगर ८ का वीर ब धामी घाईते भएका छ्न ।घाईते मध्य चालक बक्र सुनार को अवस्था गम्भीर रहेको छ अन्य ४ जनाको अबस्था भने सामान्य रहेकाे स्थानियले बताएका छन् ।घटनाकाे बृष्तीत जानकारी अाउन बाकी रहेकाे प्रहरीले बताएकाे छ । जीप के कसरी दुर्घटना भयाे भन्ने बिषयमा अनुसन्धान पछि मात्रै भन्न सकिने प्रहरीले बताएकाे छ । घाइतेको उपचार काेल्टी प्राथमिक स्वास्थय केन्द्रमा उपचार भईरहेकाे काेल्टीबाट पत्रकार महेश कार्कीले बताएका छन् । घाइते मध्य गम्भीर भनिएका ड्राइभर बक्र सुनारलाई नेपालगन्ज थप उपचारका लागि लैजाने तयारी भएकाे पत्रकार कार्कीले बताएका छन्। यश क्षेत्रमा ट्राफिक प्रहरी नहुदा चालककाे लापरवाहीले पटक पटक दुर्घटना हुने गर्दछ एक महिना अगाडि पनि साे राेडमा कर्णालीमा जीप खस्दा ५ जनाकाे मृ्त्यु भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार