शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे रुगिनमा चार रेक्टरको भूकम्प

बाजुराकाे रुगिनमा चार रेक्टरको भूकम्प

  • मङ्लबार, माघ १४, २०७६
बाजुराकाे रुगिनमा चार रेक्टरको भूकम्प

बाजुराकाे रुगिनमा आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडाँैले जनाएको छ। भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।

उनले दिएको जानकारी अनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपु¥याएको बताए। एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन्। जिल्लामा पटक÷पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ।

पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार