शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा बजार अनुगमन

बडिमालिका नगरपालिकाद्धारा बजार अनुगमन

 

  • मङ्लबार, माघ १४, २०७६
बडिमालिका नगरपालिकाद्धारा बजार अनुगमन

बाजुरा १४ माघ– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बजारमा अनुगमन गरिएको छ । नगरपालिका भित्र रहेका होटल पसलहरुको अनुगमन गरिएको हो । होटल पशलहरुले मापदण्ड अनुसार संचालन भए नभएको र पसलहरुमा दैनिक उपभोग्य सामानहरुको अनुगमन गरिएको बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकले बताए । बडिमालिका नागरपालिका उप प्रमुख कबिता बिष्टको नृतीत्वमा बजार अनुगमन गरिएको वडाअध्यक्ष बिकले बताए । बजार अनुगमनका क्रममा दर्ता भए नभएको दर्ता भए हाल सम्म कर तिरेको वा नतिरेको र दैनिक उपभोग्य बस्तुहरुको मिति गुर्जेका कुराहरु मापदण्ड बनाएर बजार अनुगमन गरिएको बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताए । बजार अनुगमन अलि फितलो भएको र आगामी दिनमा कडाईका साथ अनुगमन गर्नुपर्ने बताएका छन् । जिल्लामा स्थानीय तहको संरचना भईसकेपछी बडिमालिका नगरपालिकाले ६ पटक अनुगमन गरेको भए पनी केही ब्यापारीहरुले अटेर गर्ने गरेकोले यसपछि पनी त्यस्तो गरेमा उपभोक्ता हक ऐन अन्तरगत कार्बाही गरिने उनले बताएका छन् ।
बडिमालिका नगरपालिका वडा न ९को दुनी हटबजार काराकार क्षेत्रमा रहेका पसल होटल अनुगमन गर्दा धेरै जसो ब्यापारीहरुले ब्यबासायीक पशल होटल दर्ता नगरेको पाइएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले बताइन । यसरी ब्यबासायीहरुलाई एक महिनामा ब्यबासाय दर्ता गर्न निर्देशन दिएको उपप्रमुख बिष्टले बताएकी छन् । उपप्रमुख बिष्टको संयोजकत्वमा गरिएको अनुगमनमा जिल्ला स्थित जिल्ला प्रशासनका प्रतिनिधी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रहरी निरीक्षक बिभिन्न संचारमाध्यायममा कार्यरत पत्रकारहरुको सहभागीतामा बजार अनुगमन गरिएको वडा न ९का वडा अध्यक्ष बिनोद कुमार बिकले बताएका छन् । अनुगमनका क्रममा बिभिन्न मापदण्डका आधारमा अनुगमन गरिएको त्यस्ता कुनै पनी सामानहरु फेला नपरेको वडाअध्यक्ष बिकले बताए ।
स्थानीय तहको संरचना पश्चात बजार अनुगमन गर्ने स्वरुपमा परिवर्तन भएको पाइएको छ । बजार अनुगमनकर्ता व्यवसायीको प्रलोभनमा पर्दा उपभोक्ता भने सधैं उपहासको पात्र हुने गरेको जानकार बताउँछन । उपभोक्ता सधैं मर्कामा पर्ने गरेका छन । बजार सुधार हुनै सकेको छैन । अनुगमन कागजमा मात्रै सीमित भएको उपभोक्ताहरुले बताउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार