बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • दाङमा चितुवाको छाला र चरेस सहित पाँच जना पक्राउ

दाङमा चितुवाको छाला र चरेस सहित पाँच जना पक्राउ

  • मङ्लबार, माघ १४, २०७६
दाङमा  चितुवाको छाला र चरेस  सहित पाँच जना पक्राउ
सा‌केतीक तस्वीर

चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार टाउको देखि पुच्छर सम्मको चितुवाको छाला सहित दङ्गीशरण गाउँपालिका–१ का २४ वर्षीय चेतबहादुर पुन र सोही ठाउँका २४ वर्षीय सौगात घर्तीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

चितुवाको छाला बोकी हिँडिरहेको भन्ने गाेप्पे सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनीहरुले बोकेको झोला खानतलासी गर्दा चितुवाको छाला बरामद गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको खड्काले बताए ।

साढे दुई किलाे चरेस सहित तीन जना पक्राउ

दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । गाेप्पे सुचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पक्राउ पर्नेमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका २१ वर्षीय अनिल पुनमगर, रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का २८ वर्षीय भीमबहादुर सार्की र मुसिकोट नगरपालिका–६ का ४० वर्षीय बहादुर बोहरा रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

चर्चामा

सम्बन्धित समाचार