शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आशाकाे पिर मर्मा सुन्नु पर्छ सरकार

आशाकाे पिर मर्मा सुन्नु पर्छ सरकार

  • आइतवार, माघ १२, २०७६
आशाकाे पिर मर्मा सुन्नु पर्छ सरकार

पिर मर्का गुनासो सबै सुन्नु पर्छ सरकार
बिकास का योजनाहरू बुन्नु पर्छ सरकार
सहजता ल्याउ छिटै जनताको जिबनमा
बिध्न बाधा परेको ठाउँ पुग्नुपर्छ सरकार
शुभ कर्म गदैजाउ जस्ले जेजेभनेपनि
बोल्ने बोल्दै गर्छन् कान थुर्नु पर्छ सरकार
प्रदान गर सबै लाई स्तरिय सेबा र सुबिधा
साच्चै जनमुखी बन्न त कुद्नु पर्छ सरकार
निमुखा श्रमिक मजदुर कृषक सबैलाई
राज्य मेरो हो भने महसुस हुनुपर्छ सरकार

आशा कुमारी थापा

बुढिगंगा नगरपालिका २ ताप्रा बाजुरा

चर्चामा

सम्बन्धित समाचार