शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिबिर हुदै

निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिबिर हुदै

  • आइतवार, माघ १२, २०७६
निशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिबिर हुदै

पदम सिंह / बाजुरा ११ माघ– बाजुरा जिल्लामा निशुल्क हाड जोर्नी तथा नशा सम्बन्धी शिबिर संचालन हुने भएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौ र जिल्ला अस्पताल बाजुराको सयूक्त आयोजनामा निशुल्क शिबिरको आयोजना हुने भएको हो । चैत्र २५ गते देखी २९ गते ५ दिनसम्म संचालन हुने शिबिरमा नेपाल अर्थोपेडिक अस्पतालका बरिष्ट हाड जोर्नी बिशेषज्ञहरुबाट हाड जोर्नी तथा नशा सम्बन्धीका बिरामीहरु लाई निशुल्क शल्याक्रिया तथा ओपीडी सेवा दिने जिल्ला अस्पताल बाजुराका ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताएका छन् ।
शिबिरमा खुट्टा फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका हात या खुट्टाका बृकिती जन्य समस्या भएका हात खुट्टा भाचिएका हड्डी बागो जोडिएका आगोले पोलेका लगायतका समस्या भएका बिरामीहरुको ओपडी तथा शल्यक्रिया गरिने जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताएका छन् ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौमा मेडिकल निर्देशक युवराज खरेलले तीन वर्ष पहिले बाजुरामा गरेको निशुल्क शिबिरबाट बाजुरासंग लभ परेको बताए । उति बेलानै दोस्रो पटक पनि निशुल्क शिबिर गर्ने प्रतिबद्धता गरेको उनले बताए । आफु पूर्ब झापामा जन्मेको मान्छे बाजुरामा निशुल्क शिबिर किन भन्ने हुनसक्छ काठमाण्डौको सबै सेवा सुविधा बाजुराको नागरिकले पाएका छैनन् अर्थोपेडिकका बिरामीहरु धेरै रहेको ले शिबिरको आयोजना गर्न लागेको खनालले बताए । निशुल्क शिबिर संचालनमा जिल्लाका सम्पूर्ण स्थानिय तह, राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय,नागरिक समाज, सुरक्षा निकायक, पत्रकारहरुको सकरात्मक सहयोगको लागी अग्रह समेत गरेका छन् ।
जिल्ला अस्पताल बाजुराका ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार