शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • साँफे मार्तडी सडक बारे सडक डिभिजनका प्रमुख संग सिडीयाेले गरे समिक्षा

साँफे मार्तडी सडक बारे सडक डिभिजनका प्रमुख संग सिडीयाेले गरे समिक्षा

  • आइतवार, माघ १२, २०७६
साँफे मार्तडी सडक बारे  सडक डिभिजनका प्रमुख संग सिडीयाेले गरे समिक्षा
अम्काेटमा स्थित भत्केकाे सडक । फाइल तस्बीर

बाजुरा १२ माघ– साँफे मार्तडी सडकको दीगो व्यवस्थापन र अवस्था सुधार बारे छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सडक डिभिजन कार्यालय अछामका बीच त्रिपक्षीय छलफल गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको पहलमा आयोजित छलफलमा साँफे मार्तडी सडकमा देखिएका प्राविधिक समस्याको दीगो व्यवस्थापन, स्तर सुधार र सडक क्षेत्रमा पर्ने पक्की पुल निर्माण बारे छलफल गरिएको हो ।
बडिमालिका नगर उपप्रमुख कविता विष्ट, बुढीगंगा नगरपालिका उपप्रमुख तारा खाती, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, सडक डिभिजन कार्यालयका प्रमुख ललित खनाल, वडा अध्यक्ष विनोद कुमार विक, सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, प्रहरी निरीक्षक दानबहादुर रोकाया लगायतका बीच छलफल भएको छ ।
साँफे मार्तडी सडकमा पर्ने बुढीगंगा पुलको निर्माण गति सुस्ती भएकोले तत्काल ठेकेदारलाई पत्राचार गरेर काम सुचारुका लागि आग्रह गर्ने र नमाने कानुनी प्रक्रियामा जाने सहमति भएको छ । निर्माण अवस्था बुझेर कानुनी प्रक्रिया अघि बढाउने सडक डिभिजन कार्यालयका प्रमुख ललित खनालले बताएका छन् ।
छलफलमा साँफे मार्तडी सडक छेउमा निर्माण गरिएका टिनका टहरा र व्यापारीक प्रयोजनका लागि निर्माण गरिएका होटल पसल पनि सार्न अनुरोध गर्ने र नमाने प्रहरी प्रशासन लगाएर भत्काउने सहमति भएको छ । सडकको करिब १५ मिटर क्षेत्र भित्र पर्ने सबै टहरा भत्काउने विषयमा छलफल भएको छ ।
सडक खण्ड अन्र्तगत बाम्का, बेतालमाण्डौं, रिठा, मालिका, ढाब, तिपाडा, सेरा, रापक लगायतका बजार क्षेत्रका व्यापारीलाई तत्काल अनुरोध पठाउने विषयमा छलफल भएको छ । भने गुइगार्डको पुल डिजाइ इष्टमेट अनुसार निर्माण नभएको भन्ने गुनासो आएकोले प्राविधिक अध्ययनमा तथ्य भेटिए भत्काउन लगाउने सडक डिभिजन कार्यालय प्रमुख ललित खनालले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले साँफे मार्तडी सडक पानी परेको बेला पनि नियमित सूचारु हुने गरि र पक्की सडकको अवस्थामा नै सञ्चालन हुने गरि मर्मत तथा निर्माण बाँकी स्थानमा काम सम्पन्न गर्न सुझाव दिएका छन् ।
स्थानीय तहका तर्फबाट बडिमालिका र बुढीगंंगा नगरपालिकाका उपप्रमुखद्धयले सडकको दीगोपना र स्थायीत्वको बारेमा सोच्न र सडक सुरक्षाको विषयमा संवेदशिल हुन आग्रह गरेका छन् । मार्तडी कोल्टी सडकको निर्माण अवस्था र प्राविधिक विषय बारे पनि डिभिजन कार्यालयले रेखदेख गर्न आग्रह गरेका छन् ।
जवाफमा कार्यालय प्रमुख खनालले कुरा भन्दा काम गरेर देखाएउने र मासिक एक पटक अनिवार्य बाजुरासम्मको सडकको नियमित अनुगमन र रेखदेख गर्ने आश्वासन दिएका छन् । स्थानीय भएकोले पनि थप राम्रो गर्नु जिम्मेवारी भएको र सेती लोकमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम कारवाही अघि बढाउने जानकारी गराएका छन् ।

चर्चामा

सम्बन्धित समाचार