शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साहित्यको नयाँ विधा साइनो सर्जकको पहिलो भेला काठमाडौंमा सम्पन्न

साहित्यको नयाँ विधा साइनो सर्जकको पहिलो भेला काठमाडौंमा सम्पन्न

  • शनिबार, माघ ११, २०७६
साहित्यको नयाँ विधा साइनो सर्जकको पहिलो भेला काठमाडौंमा सम्पन्न

 सुरेन्द्र शाही–  काठमाडौं, नेपाली साहित्य क्षेत्रमा यही मिति २०७६ साल साउन १६ गते अनुहार किताब (फेस बुक) मार्फत प्रकाशित तथा उत्पादित साहित्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै गरेको कविता विधाको नयाँ उप-विधा “साइनो”का साइनोकारको आज रत्न राज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग काठमाडैंमा पहिलो र ऐतिहासीक औपचारिक भेला सम्म्पन्न भएको छ । साइनो उत्पादक तथा उत्प्रेरक श्री छायादत्त न्यौपाने “बगर”को संयोजकत्वमा काठमाडौं भ्याली र बनेपामा रहनुभएका साइनोकारहरुको पहिलो भेलामा साइनोको बारेमा बृहत छलफल गरि निकट भविष्यमै देश तथा विदेशमा रहनुभएका साइनोकारहरुको साइनो र संक्षिप्त साइनोबारे लेख सहितको “साइनो र सारथी” सयुक्त साइनो संग्रह प्रकाशन बारेमा र साइनो साहित्यलाई अझै सशक्तरुपमा कसरी लैजाने भन्ने बारेमा विशेष छलफल गरियो । यति छोटो समयमै साइनोले तिब्र गति लिएको र देश विदेशमा रहेका सर्जकहरुको मन जितेर साइनो लेखनमा देखिएको सक्रियताले साइनो छिट्टै संसारमा फैलिनेमा दुई मतै नरहेको भन्दै भेलामा उपस्तिथित साइनोकारले समग्रमा खुशी ब्यक्त गर्नुभयो । आगामी दिनमा साइनो लेख्दा साइनोको सुत्र सात, आठ, नौ अक्षर र यसको स्वतन्त्र अर्थ यसको मर्म भाव र साखलाई मध्यनजर गरी साइनो लेखनमा हुनुपर्ने व्यंग्य र सन्देशलाई आत्मसाथ गरी अघि बड्ने र भर्खर हुर्किदै गरेको साहित्य विधा साइनोलाई विश्वसामु फैलाउन आ-आफ्नो क्षेत्रबाट सबैले साइनोमा कलम चालाउने र उत्तिकै सशक्त ढङ्गले लाग्नुका साथै यसकालागि सबैले अहम् भुमिका खेल्नुपर्ने भन्दै उपस्थित साइनोकारले साइनो बारे आ-आफ्नो धारणा राख्नुभएको थियो । उक्त भेलामा साइनोकार केशब ज्ञावली, हरीप्रसाद चौलागाईं, प्रमोद भट्ट, सीता सुवेदी, सुरेन्द्र शाही”गुलाब कान्छो” र धनबहादुर थापा लागएतको उपस्थिति रहेको थियो । उक्त भेलामा “साइनो र सारथि” पुस्तक प्रकाशन बारे र विविध प्रस्तावमा छलफल गरेर निर्णय पारितगरी भेला समापन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार