बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मुम्बईबाट फर्किएका युवक पोरखे लेकमा मृत भेटीए

मुम्बईबाट फर्किएका युवक पोरखे लेकमा मृत भेटीए

  • शनिबार, माघ ११, २०७६
मुम्बईबाट फर्किएका युवक पोरखे लेकमा मृत भेटीए

बाजुरा, माघ ११– बडिमालिका र बुढीनन्दा नगरपालिकाको बीच क्षेत्र पर्ने पोरखे लेकमा एक युवक मृत भेटीएका छन् । बुढीनन्दा नगरपालिका ९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत भेटिएको शसस्त्र प्रहरी बल मार्तडीले बताएको छ ।
पोरखे लेक स्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा ल्वार भेटिएको शसस्त्र प्रहरी हवल्दार जयमनी महत्तराले जानकारी दिएका छन् । मृत शवको पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली पुग्न बाँकी छ ।
ल्वार रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए । उनी मुम्बईबाट घर फर्किदै गर्दा बीच बाटोमा नै मृत भेटिएका हुन् । घटना स्थलबाट ल्वारको घर मात्र १ घण्टाको दुरीमा पर्दछ ।
मृत्युको कारण बारे आधिकारी जानकारी प्राप्त नभएपनि चिसोका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । ढम्कनेबाट लगातार २ घण्टा हिउँकै बाटोमा हिँड्नु पर्ने हुन्छ । ल्वार मुम्बइ बाट एक्लै नेपाल आएको परिवार श्रोतले बताएको छ ।
तीनदिन पहिले मार्तडी पुगेको खबर गरेपनि त्यो भन्दा पछि कुनै जानकारी नभएको र फोन समेत नलागेकोले आफूहरुले खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । शब भेटिएको स्थानमा सशस्त्र प्रहरी र आफन्त समेत पुगीसकेका छन् ।
पोरखे काँधमा भारी हिमपातका कारण तीन साता देखि सडक अवरुद्ध रहेको छ । ढम्कनेबाट हिँडेर जानु पर्ने हुँदा प्रहरी घटना स्थल पुग्न चार घण्टा बढी लाग्ने छ । पोरखे क्षेत्रमा यस अघि पनि हिमपात भएकै बेला तीन जनाको ज्यान गइसकेको छ ।
यस्तै चोरी लुटपाटका घटना पनि हुने गरेका छन् । प्रहरी प्रशासनबाट दुरीमा टाढा रहेको र जंगलको बाटो भएकोले पोरखे लेकमा अपराधिक घटनाहरु घट्नेक्रम जारी छ । सरकारले पोरखेमा सशस्त्र प्रहरी क्याम्प राख्ने भनेपनि अझै कार्यान्वयन हुन सकेको छैन । ्

चर्चामा

सम्बन्धित समाचार