शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • हिँउ फाल्न बडिमालिका नगरपालिकाले लगायाे डाेजर, खुल्याे एक महिना पछि मार्तडी काेल्टी सडक

हिँउ फाल्न बडिमालिका नगरपालिकाले लगायाे डाेजर, खुल्याे एक महिना पछि मार्तडी काेल्टी सडक

  • शुक्रबार, माघ १०, २०७६
हिँउ फाल्न बडिमालिका नगरपालिकाले लगायाे डाेजर, खुल्याे एक महिना पछि मार्तडी काेल्टी सडक
हिँउ फाल्न बडिमालिका नगरपालिकाले लगायाे डाेजर तस्वीर धर्मराज वडा अध्यक्ष पाध्याय बडिमालिका नगरपालिका वडा न ७

लक्ष्मीराज पाध्याय/बाजुरा १० माघ —बाजुरा जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तरगत एक महिना अगाडी देखी परेको हिउँ पन्छाएर बाटो खुलाएको छ । बडिमालिका नगरपालिको सहयोग र बडिमालिका नगरपालिका वडा न ७ को समन्वयमा एक महिनादेखी परेको हिउँ हटाएर बाटो खुलाएको हो । अघिल्लो महिनादेखी देखि परिरहेको हिमपात र वर्षाले मार्तडी कोल्टी सडक खण्ड अन्तरगत पोरखे लेख र आसपासको क्षेत्रमा रहेको सडकमा हिउँ जमेको थियो । पाेरखे लेख सम्म अाफ्नाे सिमा भएकाेले बडिमालिका नगरपालिकाले सडक खुलाउन प्रयास गरेकाे बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बताएका छन् । बडिमालिका नगरपालीकाकाे सिमाना पाेरखे लेख सम्मकाे बाटाे बडीमालिका नगरपािलकाले बनाएकाे र उता कसले बनाउने भन्ने बिषयमा अाफुलाइ जानकारी नभएकाे नगर प्रमुख बडुवालले  जानकारी दिएका छन् । नगरपालिका क्षेत्राधिकार रहेकाेले बडीमालिका नगरपालिकाले हरेक बेला पाेरखे लेख सम्मकाे बाटाे बनाउने र संरक्षण गर्ने र प्रबद्बन गर्दैअाएकाेले यस पटककाे हिमपात अबराेध भएकाे सडक पनी खुलाउन सहयाेग गरेकाे बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्यालले बताएका छ

सो हिउँ स्थानीय प्रशासन बडिमालिका नगरपालिका र बडिमालिका नगरपालिका वडा न ७ को समन्वयमा आजदेखी अबरुद्ध सडक खुलाएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । बाजुरा जिल्लामा लगातारको हिमपातका कारण जनजिवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका ४ ओटा स्थानीय तहमा भएको दैनिक उपभोग्य सामानको अभाव भएको भन्ने खवर पछी बडिमालिका नगरपालिका वडा न ७ को कार्यालयको समन्वय तथा बडिमालिका नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालेर सडक संचालनमा ल्याइएको बडाअध्यक्ष पाध्यायले बताए । बेला बेला परेको हिमपातका कारण मार्तडी कोल्टी सडक खण्ड एक महिना अगाडी देखी अबरुद्ध भएको भएको थियो । कोल्टी क्षेत्रको यातायात संचालन नहुँदा यात्रुलाई कष्ट हुनुका साथै कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहमा दैनिक उपभोग्य सामानको समेत अभाव भएको थियो । एक महिना सम्म अबरुद्ध भएको सडक फेरी हिमपात नभए नियमीत संचालन हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार