शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • राजनीतिक प्रदेश २ अपडेटः दलितबाट पनि नेकपाका राधेश्याम पासवान विजयी !

राजनीतिक प्रदेश २ अपडेटः दलितबाट पनि नेकपाका राधेश्याम पासवान विजयी !

  • बिहिबार, माघ ९, २०७६
राजनीतिक प्रदेश २ अपडेटः दलितबाट पनि नेकपाका राधेश्याम पासवान विजयी !

ज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा ४ सिटको लागि सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा दलित कोटाबाट पनि नेकपाकै राधेश्याम पासवान विजयी भएका छन् । प्रदेश नं. २ को लागि दलित एक पदका लागि भएको चुनावमा नेकपा–राजपाको गठबन्धनको तर्फबाट नेकपाबाट राधेश्याम पासवानले उम्मेदवारी दिएका थिए भने समाजवादी पार्टीको तर्फबाट रामपृत पासवानले उम्मेदवारी दिएका थिए ।

खसेको कूल मतभारमध्ये राधेश्याम पासवानले ६३६ बढी मत ल्याएर विजयी भएको हो । उनले कूल ५२९२ मतभार हाँसिल गरेका छन् भने समाजवादीका रामपृत पासवान भने ४६५६ मत प्राप्त गरी पराजित भएका हुन् । यसअघि पनि नेकपाकै तर्फबाट तुलसा दाहाल विजयी प्रारम्भ गरेकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार