बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिद्यार्थीलाई शैक्षिक साम्रगी र बृद्धबृद्धाहरुलाई बल्याङकेट सहयोग

बिद्यार्थीलाई शैक्षिक साम्रगी र बृद्धबृद्धाहरुलाई बल्याङकेट सहयोग

  • मङ्लबार, माघ ७, २०७६
बिद्यार्थीलाई शैक्षिक साम्रगी र बृद्धबृद्धाहरुलाई बल्याङकेट सहयोग
बडिमालिका नगरपालिका वडा न ६ कोर्धमा रहेका अनाथ टुहुरा तथा बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण कार्यक्रम । तस्वीर : लक्ष्मीराज पाध्याय/ बाजुरा

लक्ष्मीराज पाध्याय/बाजुरा ७ माघ — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ६ कोर्धमा रहेका अनाथ टुहुरा तथा बिपन्न बालबालिकालाई शैक्षिक सामग्री तथा बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । टिम ह्यापी फ्याम्ली नामक सामाजिक समुहको सहयोगमा सो साम्रगी बितरण गरिएको हो ।
बाजुराका लागि हामी भन्ने मुल नाराका साथ गरिव तथा टुहुरा बालबालिकाहरुलाई झोला तथा शैक्षिक साम्रगी बितरण गरिएको समुहका सामाजिक अभियान्ता बिष्णु खड्काले बताए । टिम ह्यापी फ्याम्ली नामक सामाजिक समुहकी अध्यक्ष प्रतिभा खड्का, सर्व श्री अधिकारीको सहकार्य, मिरा केसि, नेपाल पत्रकार महासघं बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिहं र अर्का सामाजिक अभियान्ता बिष्णु खड्काको सहकार्यमा सहयोग समग्री जुटाएर बितरण गरिएको पत्रकार महासघ बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिहंले बताए ।
काठमाण्डौमा रहको टिम ह्यापी फ्याम्ली संस्थाले बिद्यालयका जोखिम युक्त बालबालिकाहरुलाई सुरक्षा स्वरुप बार्षिक शैक्षिक सामाग्री बितरण गरिएको अभियान्ता बिष्णु खड्काले बताए । । शैक्षिक सामाग्रीको अभाव, घरायसी वातावरणले वा अन्य कारणले बिद्यालय छोड्ने स्थितीमा पुगेका बिद्यार्थीहरु, टुहुरा एवम अन्य कारणले बिद्यालय छाड्नु पर्ने स्थितीमा रहेका बालबालिकाहरुलाई लक्षित गरि यो शैक्षिक सामाग्री सहयोग स्वरुप बितरण गरिएको संस्थाका उनले बताए ।
बडिमालिका नगरपालिका वडा न ६ कोर्धमा रहेका बिभिन्न कक्षामा अध्यानरत बालबालिका र बृद्धबृद्धाहरुलाई बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाललको प्रमुख आथित्यमा सहायोग साम्रगी बितरण गरिएको संस्थाले जनाएको छ ।
एक औपचारीक कार्यक्रमका बिच सो साम्रगी गाउँमै गएर बितरण गरिएको जनाएको छ ।कार्यक्रममा शैक्षिक साम्रगी बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले शैक्षिक साम्रगी बितरणले बालबालिकाहरुको पढाईमा एकाग्रता लयाउनुका साथै अझ लगनशिलता हुने प्रेरणा मिल्ने बताए । नगर प्रमुख बडुवालले बिपन्न गरिव तथा असायहरुलाई गरेको सहयोगले केही मान्छेहरुलाई राहत भएको बताए । कार्यक्रममा बोल्दै यसरी सबै सहयोगी हातहरुको सहयोग फेरी पनी गाउँमा लम्कीदै जानेमा बिस्वास रहेको र अनाथ गरिवहरुका सम्बाहग सहयोगी मनहरुलाई धन्यबाद समेत ब्यक्त गरेका छन् ।

शैक्षिक सामाग्री पाउनेमा जम्मा ४२ जना बालबालिकाहरु रहेका छन । झोला, कापी, कलम, बिद्यालय पोषाक लगायतको सामाग्री बितरण गरिएको सामाजिक अभियान्ता खडकाले बताए । जाडोको समयमा केही न्यानो होस भन्ने उदेस्यका साथ ८० जना बृद्धबृद्धाहरुलाई बलाङकेट बितरण गरिएको जनाएको छ । गाउँमा रहेका ति अनाथ तथा असाय बालबालिका र बृद्धबृद्धाहरुले यसरी सहयोग गर्ने सबै प्रति आभार प्रकट गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार