बुधबार, फाल्गुन १४, २०७६
  • होमपेज
  • खेलकुद
  • जेवि मिडिया प्रालीद्धारा ब्याटम्यान्टन प्रतियोगिता संचालन

जेवि मिडिया प्रालीद्धारा ब्याटम्यान्टन प्रतियोगिता संचालन

  • साेमबार, माघ ६, २०७६
जेवि मिडिया प्रालीद्धारा ब्याटम्यान्टन प्रतियोगिता संचालन

बाजुरा ६ माघ — बाजुराको सदरमुकाम मार्तडीमा खुला ब्याडम्यान्टन प्रतियाेगिता सुरु भएको छ । जेबी मिडिया प्रालीको आयोजनामा आजदेखी प्रतियोगिता संचालनमा आएको हो ।
हरेक बर्ष प्रालीले संस्थाले कमाएको केही प्रतिशत सामाजीक कार्यमा लगानी गर्दै आएको जेवी मिडिया प्रालिले यस बर्ष खेल क्षेत्रको बिकासका लागि लगानी गर्ने उदेश्यका साथ सो खेलको आयोजना गरिएको जेवी मिडिया प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।
प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा खुला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । वि.स. २०७३ साल माघ १० गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थापना भएको उक्त प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेकोे कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।
जेवि मिडिया बाजुरामा स्थापनाकाल देखि नै आफ्नो आम्दानीको १० प्रतिशत लगानी वर्षेनी रचनात्मक कार्यमा खर्च गर्ने उदेश्यका साथ सो खेलको आयोजना गर्न लागेको प्रालिले जनाएको छ ।
त्यसै सन्दर्भमा यस अघि प्रालीले आफ्नो स्थपना दिवसको अबसरमा पहिलो बर्ष बाजुरा क्याम्पसमा अध्यानरत गरिव तथा बिपन्न बिद्यार्थीहरुलाई छात्रबृद्धी दिएको थियो । त्यसै गरी दोस्रो स्थपना दिवसको अवसरमा जिल्ला अस्पतालमा आउने बिरामीहरुका लागी कम्मल र फलफुल बितरण गरिएको प्रालीले बताएको छ । त्यसै गरी तेस्रो बर्षको स्थापना दिवसको अवसरमा बडिमालिका नगरपालिका ३ मा रहेको चोयाकोट माबी वडा न २ मा रहेको सत्यबादी माबीका केही जेहेन्दा र बिपन्न र आर्थीक रुपमा कमजोर बिद्यार्थीहरुका लागि छात्रबृद्धी दिएको प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताए ।


व्याडमिन्टन खेलप्रति यहाँका खेलाडीहरुको रुची बढाउन र संस्थालाई समाज प्रति समाजिक लगानी गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता संचालन गर्न लागिएको जेवि मिडिया प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।
जिल्ला खेलुकद विकास समितिको प्राङ्गणमा संचालन भएको खेल १० गते सम्म हुने भएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु सोमबार विहानबाट संचालन भएको बताईएको छ । खेलमा प्रथम हुनेलाई २० हजार र द्धित्तिय हुनेलाई १२ हजार बरावरको पुरस्कार राशी उपलव्ध गराउने भएको छ ।


बाजुरामा व्याडमिन्टन खेल प्रति पछिल्लो समयमा युवाहरुको आकर्षण बड्दै गएको पाईन्छ । जेवि मिडियाले संचालन गर्न लागेको उक्त प्रतियोगितामा २० वटा टिम सहभागि भएका छन् ।
पाँच दिन सम्म चल्ने उक्त प्रतियोगितामा प्रथम र द्धित्तिय हुने खेलाडीको टिमलाई माघ १० गते विहान पुरस्कार वितरण गरिने जेवि मिडियाले बताएको छ । जेवि मिडिया बाजुरामा स्थापनाकाल देखि नै आफ्नो आम्दानीको १० प्रतिशत लगानी वर्षेनी रचनात्मक कार्यमा खर्च गर्दै आईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार