• होमपेज
  • ब्रेक्इङ न्युज
  • वि.सं.२०७६ साल माघ ०४ गते शनिबारकाे राशीफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ

वि.सं.२०७६ साल माघ ०४ गते शनिबारकाे राशीफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ

  • शनिबार, माघ ४, २०७६
वि.सं.२०७६ साल माघ ०४ गते शनिबारकाे राशीफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पतिपत्नीका साथ रमाईलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडि तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । मायाप्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयालि छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरीमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन् । व्यापार व्यावसायमा लगानी गरि मनग्गे आम्दानी हुने योग रहेकोछ । पुराना स्वास्थ्य सम्वन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउँने हुनाले मन प्रशन्न हुनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पूरा हुनेछन्  ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरजग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागि समय मध्ययम रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) घरपरिवार तथा आफन्त जनसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर काम कामहरु थालनी गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी फस्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मेहम्मे पर्नेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धि समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदानै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्ति हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण वाताबरणमा सम्पन्न हुनेहुदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानी गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) महत्वपुर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैयापैसा हराउँने तथा तलमाथि हुने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ । घर परिवार तथा दिदिबहिनी सँगको सम्बन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । पढाइ लेखाइमा दिईएको समयबाट भनेजस्तो उपलव्धि आउँने सम्भावना कम रहेकोछ भने माया प्रेममा धोका हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार