बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • प्रदेशमा रहेका नेपालीकाे देशको माया

प्रदेशमा रहेका नेपालीकाे देशको माया

  • शुक्रबार, माघ ३, २०७६
प्रदेशमा रहेका नेपालीकाे  देशको माया

जय नेपाल भनेर मात्रै कहाँ हुन्छ?
समृद्ध नेपाल कहिले र कसरी हुन्छ?
अत्याचार सहिँदैन अब त्यसरी
साँच्चिकै अब यहाँ बेहाल हुन्छ।

कालापानी ,सुस्ता लिम्पियाधुरा,
लिपुलेक, टनकपुर, अनि दशगजा।
कोशी बाधको के भयो सम्झौता ?
लाटो रिस न उठाउनु अब बबाल हुन्छ।

पूर्व मेची हाम्रो पश्चिम महाकाली पनि,
हाम्रो सिमाना दिनकै किन मिचिइन्छ?
झुठो आश्वासन चाहिँदैन हामीलाई
अव बल्ल यहाँ बहादुरी देखाइन्छ।

डराइँदैन हेर! खुँडा हाम्रो जाग्दैछ,
अनि हेर्नू बल्ल रगत कसको बग्दैछ।
मानव नै दानव बन्छ समयको खेल ।
अब यहाँ सिमानामा तैनाथ भैइन्छ।
तर
अनौठो छ हाम्रो देशको चालामाला,
पदमा पुगेपछि सबैको एउटै हाल हुन्छ,
घरिघरि चूक्छन् हाम्रा सबै नेता यहाँ ,
आफ्नै नेता भन्न पनि साह्रै लाज हुन्छ।

विडम्बना
रेमिट्यान्सले धानेको छ प्यारो देश!
तलव भत्ता पचाउने काम मात्रै किन हुन्छ?
होला उनलाई अझै पेन्सनको आस,
मन्त्री बनेपछि त आफ्नै जगन्नाथ हुन्छ।

के गर्नु हजुर मातृभूमिको धेरै छ पीडा,
देश बनाउने मान्छे रातभरमै दलाल बन्छ।
कोही छैन चोखो नेता माथी संसदमा
आफ्नै नेता भन्न पनि लाजैमर्दो हुन्छ।।

                (बालकुमार क्षेत्री)
पैँयू गाउँपालिका -४,पर्बत हाल:अफगानिस्तान

चर्चामा

सम्बन्धित समाचार