बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • इकडीगाड देखी मार्तडीसम्मको सडक छेउमा उखु खेती गरिने

इकडीगाड देखी मार्तडीसम्मको सडक छेउमा उखु खेती गरिने

  • शुक्रबार, माघ ३, २०७६
इकडीगाड देखी मार्तडीसम्मको सडक छेउमा उखु खेती गरिने

बाजुरा ३ माघ — बाजुरा प्रबेस संगै इकडी गाड देखी मार्तडी सम्मको सडकका छेउछाउमा उखु र केरा खेती गरिने भएको छ । जमिन पनी सुरक्षीत हुने हरीयाली पनी देखीने र केही किशानहरुको आर्थिकरुपमा सवल बनाउने उदेश्यका साथ सो अभियान सुरु गरिने भएको हो ।
जिल्लालाई अर्थिक र ब्याबासीक बनाउनुका साथै सडक आसपासको जमीन क्षेत्र नभासीन दिनका लागि यो अभियान संचालन गरिने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतीले बताएका छन् । उखु तथा केरा जस्ता नगदेवालीहरु सडक छेउछाउमै वेच्न सकिने भएकोले यीनिहरुको उत्पादन पनि खेर गईरहेको सडक छेउछाउको जमिनमै गर्न सकिएमा वाजुरा प्रवेस सँगै सडकवाट पहिरो वाँझो जमिन देखिनुको सट्टा उखु र केरा घारीको हरीयाली देख्ने हाम्रो सपनामा साथ दिन सम्पुर्ण सडक किनारामा जमिन भएका कृषकहरुलाई अनुरोध गरेको प्रमुख सिजापतीले बताए ।
साँफे मातर्टडी सडक अन्तरगत बाजुरा प्रवेस गरेपछि सडक दाँया वाँया तर्फ प्राय सुख्खा अनि पहिरो देखिने गर्छ भने सडक किनारामा जमिन त्यत्तिकै खेर गईरहेको अवस्था छ त्यसैले हामी चाहान्छौं सानो लगानीले पनि यो सडक दाँयावाँयाको क्षेत्रलाई हरियाली पनि वनाउने साथै कृषकको प्रत्यक्ष आम्दानीसँग पनि जोड्ने र रोजगारीको सृजना गर्न अभियानको रुपमा अगि बढ्ने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए ।
कृषि ज्ञान केन्द्र वाजुरावाट साँफे मार्तडी सडक खण्डको दाँया वाँया यस वर्ष देखि उखु खेतीको क्षेत्र विस्तार गर्ने र अर्को वर्षवाट बाजुराको पहिचान झल्किने अत्यन्तै मिठो बजुरेली मुसे केरा रोप्ने अभियान शुरु गर्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
यसका लागि यस वर्ष वुढीगंगा र वडिमालीका नगरपालीकाका उखु रोप्न चाहने र उखु वेच्न चाहने दुवै कृषकलाई कृषि ज्ञान केन्द्र वाजुरा वा सम्वन्धित पालीकाको कृषि शाखामा मिति २०७६ माघ १४ गते सम्म सम्पर्क राख्न सुचनामार्फत जानकारी गराएको सुचना अधिकारी जैशीले बताएका छन् । अहिले रोपेको उखुलाई अर्को वर्ष देखि जुस वनाएर वेच्ने अनि वाँकि उखुलाई मालुको पातमा वेरीएको वाजुराको अर्गा्निक भेली (गुड) वनाएर वेच्ने लक्ष रहेको जैशीले बताए । हाम्रो यो अभियानमा सहभागी भएर उखु र केरा रोपौं आम्दानीमा वृद्धि गरौै । वाजुरा गरिवी र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनी हो जिल्लाका सबै किशानलाई सार्बजिनीक संजाल मार्फत आह्वन समेत गरेका छन् । यसले जिल्लामा ब्यबासायीक किशान हुनेमा कृषि ज्ञान केन्द्रले अपेक्षा लिएको बताएको छ ।

उखु खेतीका लागि उष्ण वा शीतोष्ण हावापानी उपयुक्त हुन्छ तर उपोष्ण प्रदेशमा पनि उखु खेती लगाउन सकिन्छ। कृतिक वर्षा वा सिँचाइ मध्ये कुनै किसिमले वर्षमा छ महिना वा सो भन्दा बढी समयसम्म पानीको आपूर्ति हुनुपर्छ। लौटे, चिप्लो वा मट्याइलो जस्ता विभिन्न प्रकारका माटामा उखु खेती हुन सक्छ र यसले केही हदसम्म माटाको लवणत्व पनि सहन गर्न सक्छ। राम्ररी पानी निकास हुने ठाउँको चिप्लो खालको माटो उखु खेतीका लागि उत्तम हुन्छ।

चर्चामा

सम्बन्धित समाचार