बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कविता-जन्मोत्सव

कविता-जन्मोत्सव

  • शुक्रबार, माघ ३, २०७६
कविता-जन्मोत्सव

प्रीय ऐश्वर्य…!
मेरो यो जीन्दगीको सहयात्री
आजकै दिन मेरै निम्ति भनेर
यो धर्तीमा तिमिले लक्ष्मीरुपि
पाइला टेकेको दिन
र यो पृथ्वीले,
शिशिरयामको न्यानो स्पर्श द्वारा
स्वागत गरेको दिन ।
यो दिन तिम्रालागी मेरालागिपनि
स्वर्णिम दिन, अविस्मरणीय दिन
जीन्दगीको सहायात्रीलाई यो धर्तीमा
साक्षात भगवानले प्रकट गरेको दिन ।
प्राण प्यारी,
ताते-ताते गर्दै, रुदैकराउँदै
आफन्तसबैलाई बालापनको
मायासङ्गै मुस्कानले सुखानुभुती
महसुस गराउदै, सबैको प्यारी बनि
ममाताकी खानी आफ्नी आमा
कर्तव्यनिस्ठ बाबाको कैयौं हर्षका
अश्रुकी साक्षी तिमी,
हरेक दु:ख र सुखसङ्ग जे जसरी हुर्कियौ
मेरै खातीर हुर्कियौ, जन्मियौ र
आफुलाई जन्मदिने आमाबाबु, आफन्त
त्यो जम्मभूमी सबै त्यागेर
मसङ्ग मायाको घर बसाउन डोलीमा अन्मियौ ।
अनि म तिमीलाई,
यो जन्मोत्सवको पनि शुभकामना
नदिइ रहन सक्दिन ।
जो मेरो एकमात्र बिश्वास यात्री हौ,
जीवन सङ्गीनी हौ, प्राण हौ मेरो जीन्दगी हौ ।
प्रीय ! जीवन सखी !
तिमीलाई असिम प्यार ! मीठो चुम्बन !
अटुट माया ! अङ्गालो भरीको न्यानो
र सधैब साथ रहने छ ।
जबसम्म म रहनेछु,
मैले आफुलाई भन्दा तिमीलाई
अथाह मायाप्रेम दिइरहने छु
गरीरहनेछु र रहिरहनेछ ।
जन्मोत्सवको धेरै शुभकामना !
©-सुरेन्द्र शाही “गुलाब कान्छो”, बाजुरा
हाल:महाराजगन्ज,काठामाडौं

चर्चामा

सम्बन्धित समाचार