मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टिमा रहेको आयुर्वेद अाैषधालाय अलपत्र

कोल्टिमा रहेको आयुर्वेद अाैषधालाय अलपत्र

कर्मचारीको दादागीरी, उपचार गर्ने १ कोेठा आफु बस्ने ३ कोठा प्रयोग

  • बिहिबार, माघ २, २०७६
कोल्टिमा रहेको आयुर्वेद  अाैषधालाय अलपत्र

लक्ष्मीराज पाध्याय–  बाजुराको कोल्टीमा रहेको आयुर्वेद अाैसधालय अलपत्र अबस्थामा छ । कर्मचारीले आफु बस्ने कोठाका रुपमा कब्जा जमाएपछि बिरामीको उपचार गर्नमा समस्या भएको छ । भवनमा चार वटा कोठा रहेका छन् । तिन कोठा लामो समय देखी कर्मचारीले बस्ने रुपमा कब्जा जमाइरहेका छन् भने एउटा कोठामा मात्र बिरामीको उपचार हुने गरेको छ ।
एकातिर कार्यलयको सामान राख्ने ठाँउ नभएर बाहिर राख्नु परेको छ । बिरामीको उपचारका लागि ल्याइएको स्टीम बक्स राख्ने ठाँउ नभएर बाहिर राखेको छ । बिरामीको एउटैको कोठामा नाम दर्ता, बिरामीको उपचार, कार्यलयको प्रशासनिक काम सबै एउटै कोठामा भइरहेको कार्यलय प्रमुख सम्भु कान्त झाले वताए । उनले भने एक कोठामा आफु बसिरहेको, एउटामा अर्का कर्मचारी सन्तोष शाहको परिवार बसिरहेको, एउटा कोठामा सन्तोष शाहले खाना पकाउका रुपमा प्रयोग र घरेलु कामका रुपमा राखेको एकजना बच्चालाइ राखिरहेका छन् ।


स्थानियले पटक पटक भन्दा पनि उनिहरु बसिरहेका छन्, अफिसको काम देखी सबै काम एउटै कोठामा हुन्छ, नागरिक अगुवा प्रदिप राज जाेशीले वताएका छन् । कार्यलय प्रमुख झा भने आफुले भनेको कोही मान्दैनन् के गर्नु भनेर बचावट गरिरहेका छन् । बिरामीको उपचारका लागि ल्याइएको स्टीम बक्स बाहिर राखिएको छ, सबै कोठा कर्मचारीको बासस्थानका रुपमा रहेको दलित अधिकारकर्मी गोरख सार्कीले वताएका छन् । अर्को कार्यलयका कविराज अधिकृत सन्तोष शाह अफिसको काम भन्दा पनि आफ्नो मेडिकलमा ब्यबस्त हुने गरेको स्थानियको आरोप रहेको छ ।


बुढिन्नदा नगरपालिका नगर प्रमुख पदम गिरी र उपप्रमुख सृष्टि रेग्मी यो बारेमा बेखर रहेको स्थानियले वताएका छन् । उपप्रमुख रेग्मी भन्छन् बिरामीको उपचार गर्ने ठाँउ छैन्, पैशा ब्यबस्थापन गरिदिनु परयो भनेर नगरपालिका बजेटका लागि माग गर्न आएको तर कर्मचारीले बासस्थान बनाएर उपचारमा समस्या भएको बारे जानकारी नभएको वताईन् । नगरपालिकाका अधिकृत रामदत्त न्याैपानेले भने कार्यलयका कर्मचारी सन्तोष शाहले दुई कोठा बस्नका लागि प्रयोग गरेको बताए । उनी अफिस कम बस्ने अफिस समयमा पनि मेडिकलमा बस्ने पटक पटक गुनासो आएको हो, हामीले पनि उनलाई भनेका हौ तर नमान्ने गरेको उनको जवाफ रहेको छ । धेरै पटक त हाजिरमा रातो लगायौ, लाज नमाने पछि के गर्नु न्याउपानेले वताए ।


प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपाने भने बिरामीको उपचार असर पर्ने गरि कर्मचारीले आफुले बासस्थान गर्न नपाउने वताए । यो बारेमा बुझेर जानकारी गर्ने प्रजिअले वताएका छन् । एक स्थानियले भने कोल्टिमा रहेको आयुर्वेदमा सम्भु कान्ता झा भए त अलि अलि उपचार हुन्छ, अर्का कर्मचारी सन्तोष शाह भने कार्यलयमा नबस्ने कार्यलय समयमा पनि आफ्नो मेडिकल चलाउन जाने गरेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार