बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • बयालपाटा अस्पतालको विकासका लागि प्रदेशसरकार प्रतिबद्ध : मुख्य मन्त्री भट्ट

बयालपाटा अस्पतालको विकासका लागि प्रदेशसरकार प्रतिबद्ध : मुख्य मन्त्री भट्ट

  • बुधबार, माघ १, २०७६
बयालपाटा अस्पतालको विकासका लागि प्रदेशसरकार प्रतिबद्ध : मुख्य मन्त्री भट्ट

पूर्ण बहादुर खड्का

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले बयालपाटा अस्पतालको सम्रग विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भएको छ । बयालपाटा अस्पतालको अनुगमन तथा निरिक्षण गर्दे मुख्य मन्त्री भट्टले उक्त कुरा उल्लेख गर्नुभएको हो । मुख्यमन्त्री भट्टले बयालपाटा अस्पतालले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै सुबिधा सम्पन्न तथा बिशेषज्ञ समेत सेवा दिईरहेकाले प्रदेश सरकारले यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

मकर संक्रान्ति मेलाको अवसरमा अछाम पुग्नुभएका मुख्य मन्त्री भट्टले प्रदेश सरकारले अस्पतालको लागि गत बर्ष पनि सहयोग गरेको उल्लेख गर्दे आगामी दिनमा पनि आवश्यक्ता हेरेर सहयोग गरिने बताउनु भयो । सेवा सुबिधालाई थप गुणस्तरयि बनाउन आवश्यक पर्ने रकमका लागि प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ ।एक अर्को प्रशंगमा बोल्दै मुख्य मन्त्री भट्टले यस प्रदेशका सबै जिल्ला अस्पतालको स्तर उन्नती गर्ने, आवश्यक सामाग्री लगायत आर्थिक व्यावस्थापन गर्ने प्रदेश सरकारको निति नै अगाडी सारेको बताउनु भयो ।

प्रदेशका विभिन्न जिल्लामा बन्दै गरेको स्वास्थ्य संस्थाका भवनहरुको निर्माण प्रक्रिया तिव्र बनाउनुका लागि आवश्यक अनुगन गर्ने, जिम्मा लिकाहरुलाई ताकेता गर्ने र भने अनुसार काम नभएमा कारबाही समेत गर्ने उहाँको भनाई थियो ।मुख्य मन्त्री संगै सुदुरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, अर्थ मन्त्री झपट बहादुर बोहरा, प्रदेश साँसद, अछाम जिल्लाका समन्वय समिती प्रमुख नरबहादुर कुवँर, र मंगलसेन र साँप्mेबगर नगरपालिकाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।मुख्य मन्त्री भट्टले आजै नेपालका चार धाम मध्येको एक अछामको बैद्यनाथ धाममा आयोजना गरिएको मकर संक्रान्ति मेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार