बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • छाउगोठ भत्काउने अभियानले तिव्रता लियो

छाउगोठ भत्काउने अभियानले तिव्रता लियो

  • बुधबार, माघ १, २०७६
छाउगोठ भत्काउने अभियानले तिव्रता लियो

बाजुरा १ माघ — बुढिगंगा नगरपालिका वडा नम्बर आठमा ५ ओटा छाउगोठ भत्काइएका छन् । बुढिगंगा नगरपालिकामा जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा छाउगोठ सामुहीक रुपमा रहेका ५ ओटा छाउगोठ भत्काएको हो । नेपाल सरकार गृह मन्त्रालयको निर्देसनमा गाउँ र वडामा रहेका कुपर्था र पुर्खौ देखी जगडिएर रहेको प्रथाको अन्त्यका लागि सो अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराई समेतको प्रहरी टोली, जनप्रतिनिधि, पत्रकार, स्थानीबासीहरूको संयुक्त प्रयासमा बुढिगंगा नगरपालिका वडा नं. ८ मा २० देखी २५ घर परिवारले प्रयोग गर्दै आएका निजहरुको घरको बाहिर छुट्टै बनाएका ५ वटा सार्वजनिक छाउपडी गोठलाई भत्काईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उक्त छाउपडी गोठ प्रयोग गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही सम्बन्धी जानकारी समेत गराईएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार