शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ मा छाउमुक्त बनाउन प्रतिबद्धता सहित अभियानमा

बडिमालिका ७ मा छाउमुक्त बनाउन प्रतिबद्धता सहित अभियानमा

  • सोमवार, पुस २८, २०७६
बडिमालिका ७ मा छाउमुक्त बनाउन प्रतिबद्धता सहित अभियानमा

बाजुरा २८ पौष — जिल्लाको बडिमालिका नगरपालिका ७ लाई छाउमुक्त घोषण गर्नका लागि स्थानीय सबैले प्रतिबद्धता जनाएका छन् । समाजमा रहेको कुरीतीको अन्त्य गर्ने चेतना पाएपछी स्थानीयले सो निर्णय गरेका हुन ।
नगरपालिका भरी सबै भन्दा बढि छाउगोठ भएको वडाका रुपमा चिनीएको सो वडामा स्थानीय आफ्नै सक्रियतामा छाउगोठ भत्तकाउने अभियानमा जुटेका बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
वडाका बिभिन्न टोलमा एक एक जना अगुवा महिलोको नृर्तीत्व दिएर स्वस्फुर्त छाउगोठ भत्काउन वडाकार्यालयले निर्देशन दिएको वडाअध्यक्ष पाध्यायले बताए ।
टोलहरुमा हाल कसले छाउगोठ भत्काए कसको बाकी छ भन्ने सुचना आदान प्रदानका लागी टोलहरुमा महिला अगुवा बनाएको बताएका छन् । वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा बसेको बैठकले सो निर्ण गरेको बताएको छ ।
टोल अन्तरगत ढम्कने टोलमा प्रमीला धामी,भोटेवाडा जानकी पाध्याय,रजातोली,थुमादेबी पाध्याय र अनिशा पाध्यायको नेतित्वमा टालको सुचना आदान प्रदान गर्ने जिम्म दिएको बताएको छ , त्यसै गरी सिराडीमा निर बिक,सुनकाना सुना खत्री र कल्पना खत्री,परवाडा धनलक्ष्मी जैशी, तलगाउँ गोमा बिक नानी बिक र पाटु बिकलाई जिम्म दिएको छ भने माउलेख टोलमा पद्यमा धामी,तल्लावाडा बिछु जैशी ,भुगाडीपाटा बाटुली बिक र झुमा बिक को जिम्मा दिएको वडा कार्यालयले जानकारी दिएको छ त्यसै गरि सेरा टोलमा जसी पाध्याय,टिका पाध्याय र तुला पाध्यायलाई सुचना आदन प्रदान गर्ने जिम्मेवारी दिएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार