बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पतालको अतिक्रमीत जमीन खाली गर्दै

अस्पतालको अतिक्रमीत जमीन खाली गर्दै

  • आइतवार, पुस २७, २०७६
अस्पतालको अतिक्रमीत जमीन खाली गर्दै

बाजुरा २७ पौष — बाजुरा जिल्ला अस्पतालको अतिक्रमीत जग्गा खाली गर्ने निर्देशनपछी आजदेखी सम्बन्धीत ब्यक्तीले जग्गा खाली गर्न लागेका छन् ।
जिल्ला अस्पताल बाजुराको अतिक्रमण भएको जमिन ३० दिन भित्र छोड्न निर्देशन दिएको भए पनी सो दिन भन्दा अगाडी नै आफुले बनाएका संरचना भत्काउन थालेको लालकेशर पाण्डेले बताए । जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले सर्वपक्षिय बैठेक मार्फत अतिक्रमण गरेको जग्गा ३० दिन भित्र खालि गर्न निर्देशन दिएका थिए । बैठक अतिक्रमण गरेका जग्गाधनीलाई बोलाएर ३० दिन भित्र खालि गर्ने यदि खालि नगरे ३१ औ दिनमा आफै डोजर लगाएर खालि गर्ने वताए पनी पहिला नै अतिक्रमीतवालाहरुले लगाएको घेरवार र संरचना हटाउन थालीएको लालकेशर पाण्डेले बताएका छन् ।
अध्यक्ष थापाले राजनितिक दल नागरिक समाज अन्य सरोकारवाला सहित बोलाएर छलफल समेत गरेका थिए । बिगत लामो समयदेखी निजी ब्यक्तीले अतिक्रमण गरेको भनीए पनी संस्थाको नियमलाइ मानेर हटाउन थालीएको उनले पाण्डेले बताए । अस्पताल परिसरमा रहेको जमिन बडिमालिका बोडिङ्ग स्कुलका सञ्चालक लालकेशर पाण्डे र बडिमालिका नगरपालिका वडा न ७ चुथिमा रहेको कालिका आधारभुत बिद्यायलयका प्रअ सहदेव पाध्यायले अस्पताल परिसरको जमिन अतिक्रमण गरेको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार