बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिमको पहिलाे भेला सम्पन्न बाजुराबाट रमित विक सचिवालयमा

क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिमको पहिलाे भेला सम्पन्न बाजुराबाट रमित विक सचिवालयमा

  • आइतवार, पुस २७, २०७६
क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिमको पहिलाे भेला सम्पन्न बाजुराबाट रमित विक सचिवालयमा

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा क्रियाशील दलित पत्रकारको प्रथम सम्मेलन धनगढीमा सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनराज विक र सिपी लोहिया, कोषाध्यक्षमा रेसु बराइली, सहसचिव कृष्ण नेपाली चयन भएका छन्। यस्तै, सदस्यमा पूर्ण विक, हिक्मत बादी, खडकबहादुर कोली, अनिता विक, भानबहादुर विक, प्रकाश पार्की, प्रेमराम लोहार, आरती एसके, विक्रम परियार, जगत जयगडी, हरिकृष्ण ताम्राकार, रमित विक, निराजन परियार र विवेक नागरी चयन भएका छन्। अध्यक्ष विक टीकापुरबाट प्रकाशन हुने ‘सुदूर सन्दर्भ’का सम्पादक हुन्। सम्मेलनको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले धनगढीमा उद्घाटन गरेका थिए। कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका क्रियाशील दलित पत्रकारको उपस्थिति रहेको थियो। त्यसै गरी सचिवालयमा बाजुराबाट रेडियाे बाजुराका समाचार प्रमुख एपीवान टेलीभिजनका समाचारदाता रमित विक पनी सदस्यमा चयन भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार