शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • २० बर्षदेखी हारगुहार गरें तर अपांग परिचयपत्र पाउन सकिन

२० बर्षदेखी हारगुहार गरें तर अपांग परिचयपत्र पाउन सकिन

  • आइतवार, पुस २७, २०७६
२० बर्षदेखी हारगुहार गरें तर अपांग परिचयपत्र पाउन सकिन

बगनासकाली गाउँपालिका वडा नं. ६ यम्घा दर्पुक बोटे ५६ वर्षीय बलिराज बोटेले २० वर्ष देखि पहल गर्दा पनि आफूले अपाङ्गता परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन् ।२० वर्ष अघिको कुरा हो । बलिराजले गाउँमै अर्काको भारी बोकेर परिवारको गुजारा चलाउनुभएको थियो । त्यसैबेला उहाँको खुट्टामा काडा बिझ्यो । त्यो काडा त उनले आफै निकालेर फाले तर खुट्टाको घाउ पाक्यो । पछि युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा थप घाउ बल्झन सक्ने भन्दै उहाँको दाइने खुट्टाको पैताला काटियो ।

त्यसपछि बलिराजको दैनिकी कष्टकर रुपमा बित्दै आएको छ । बलिराज अहिले सहज रुपमा हिड्डुल गर्न सक्दैनन् । यता उति हिड्डुल गर्दा पनि लत्रेरै यात्रा गर्नुपर्छ । उनले अहिलेसम्म अपांगता परिचय पत्र समेत पाउन सकेका छैनन् । बलिराजले कहिले काहि समाजमा गिट्टी कुटेर दैनिकी गुजार्र्दै आएको बताए । बलिराजले भने–काम गरेर खाने मान्छेको खुट्टा नै काटिएपछि साहै्र गाह्रो हुने रैछ, आजकलयो खुट्टा चस्केर साह्रै अप्ठेरो भएको छ ।

आफू हिडेर अन्यत्र जान नसक्ने र गाउँमा जिल्लाका मान्छेहरु आउदादेखि वडा र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी आउदा समेत आफूले परिचय पत्र बनाइदिन वडा अध्यक्ष लक्ष्मी अधिकारीले बलिराजलाई अपाङ्गता परिचय पत्र बनाउन आफूले सक्दो सहयोग गर्ने बताए । अव केही दिनमा वडा कार्यालयमा गाउँपालिकाको परिचयपत्र बितरण शिविर जाने र त्यही शिविरमा उनलाई परिचय पत्र बनाउन ल्याउने उनले बताए ।पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार