• होमपेज
  • बाजुरा बिशेष
  • डिएसपी भटराईले गरे सरोकारवाला सँग छलफल

डिएसपी भटराईले गरे सरोकारवाला सँग छलफल

  • शुक्रबार, पुस २५, २०७६
डिएसपी भटराईले गरे सरोकारवाला सँग छलफल

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भटराइले सरोकारवाला सँग छलफल तथा अन्तक्र्रिया गरेका छन् । प्रहरी प्रमुख भएर बाजुरा आएपछि जिल्ला स्थित राजनितिक दल, जनप्रतिनिधि, नागरिक समाज सँग परिचयात्मक तथा छलफल कार्यक्रम गरेका छन् ।
केन्द्रीय अपराध अनुसन्धान महाशाखा टेकु काठमाण्डौ व्युरो कार्यालयबाट बाजुरा जिल्लामा सरुवा भई आएका डिएसपी टंक प्रशाद भटराइले जनताको सवालका बारेमा र शान्ति शुरक्षा कायम गर्न लागि पर्ने बताए । नेपाल प्रहरी कानुन बमोजिम काम गर्छ । प्रहरीपनि नेपालको नागरिक हो । तर शान्ति कायम गर्न सबैको सहयोग हुनु पर्ने बताए ।
परिचयात्म कार्यक्रममा सहभागिले प्रहरीले निश्पक्ष जनताको हित हुने गरी काम गर्न सुझाब दिएका छन् । उनिहरुले कुनै ब्यक्ति पाटि बिशेष भन्दा पनि न्याय दिनु पर्नेमा बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार