लगातारको हिमँपातले शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशको जनजिवन अस्तब्यस्त बनेको छ । बिहिवार देखीको हिमपाँत नरोकिएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै केही गाँउ सम्पर्क बिच्छेद बनेका छन् ।
निरन्तरको हिमपाँतले नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । दैनिक नेपालगञ्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा एक सता देखी बन्द भएको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ । उडान गर्न खोज्दा पनि प्रतिकुल मौसमले हुने नसकेको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जका प्रेम नाथ ठाकुरले वताएका छन् ।
हवाइ सेवा अबरोध भएपछि एकसाता देखी नेपालगञ्जमा रहेको हुम्ला ताजाकोट मैला गाँउपालिका ३ का रमेश भण्डारीले वताएका छन् । दैनिक एरपोट जाने गरेको छु, सधै जहाज रद्ध हुने गरेको अझै कति समय लाग्ने हो उनले भने । सडक यातायात नपुगेको हुम्लामा एक मात्र हवाइ सेवा रहेको छ । त्यस्तै हिमाली र पहाडि भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टि सडक एक साता देखी बन्द भएको बुढिन्नदा नरपालिका ९ का दाबा गुरुङ्गले वताएका छन् । स्थल र हवाइ मार्ग सबै बन्द रहेको उनले वताए ।
बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह हुम्ला, मुगुका केही क्षेत्र सञ्चार बिहिन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्रिमा चार्ज नभएपछि सञ्चार बिहिन बनेका टेलिकम बाजुराले जनाएको छ । उत्तरी क्षेत्रका ४ स्थानिय तह हुम्ला, मुगु र कालिकोटका केही टावरमा लिंङ्क भएको पोरखे टावरमा बिधुत पावर नहुदा चार देखी टावर सञ्चालन आउन नसकेको टेलिकम बाजुराले जनाएको छ । ति क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानिय तहको काम काज प्रभाबित भएको जगन्नाथ गाँउपालिकाकि सुचना अधिकारी सिर्जना शाहिले वताएकि छन् ।
चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको छन् । हिमाली भेगका बिद्यालय पुर्ण रुपमा बन्द भएका छन् । जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले वताए । एक त बिद्यालयमा भौतिक पुर्वाधार छैन्, अर्को यस्तो चिसोमा निकै समस्या भएको उनले वताए ।
बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् ।