बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नगर प्रमुख शाह आफै पुगे, सेनेटरि प्याड बोकेर गाँउमा

नगर प्रमुख शाह आफै पुगे, सेनेटरि प्याड बोकेर गाँउमा

  • बुधबार, पुस २३, २०७६
नगर प्रमुख शाह आफै पुगे, सेनेटरि प्याड बोकेर गाँउमा

बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाह सेनेटरी प्याड बोकेर आफै गाँउ जाने गरेका छन् । छाउपडि कु प्रथा अन्त्यको जनचेतना फैलाउनुका साथै आफै सेनेटरी प्याड बोकेर महिलालाई बितरण गर्ने गरेका छन् ।
नगर प्रमुख दिपक बिक्रम शाह, उपप्रमुख तारा खाति, वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य संयोजक दिपक शाह लगायतको टोली घर घरमा पुगेर छाउपडि प्रथा सम्बन्धि सन्देश फैलाइरहेका छन् । बुढिगंगा नगरपालिका १० कि रमिता जैशीले भनिन्, सेनेटरि प्याड त सुनेका थियौ, पहिलो पटक प्याड पाएको वताईन् । नगरपालिकाको टिम गाँउमै पुगेर बितरण गरेको रमिताले वताईन् । साथै महिलाहरुलाई भेला गराएर छाउपडि कु प्रथाका बारेमा छलफल भएको वताईन् । प्राय महिलाहरु महिनावारी भएको बेला प्याड प्रयोग गर्दैनन्, नगरपालिकाले निशुल्क प्याड बितरण गरेर प्याड प्रयोग गर्न तिर महिलालाई प्रेरित गर्नमा जोड दिएको उनले वताईन् ।


मंगलवार मात्र नगरप्रमुख सहितको टोलीले वडा नम्बर ९ र १० का ३ सय महिलालाई सेनेटरी प्याड लगायतका साम्रागि बितरण गरेका छन् । सरसफाई साम्रागि पनि बितरण गरेका छन् । घर घरमा पुगेर सेनेटरी प्याड बितरणका साथै छाउपडि प्रथा सम्बन्धि जनचेतना फैलाउने काम गरेको नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । साम्रागि मानवीय सेवामा अनेकौ प्रयास  (Serving Humanity in Numerous Endeavor) नामक गैर सरकारी संस्थाले सहयोग गरेको थियो । ३ सय जना महिलालाई सेनेटरी प्याड, साबुन, स्याम्फु, कम्बल गरेर ९ प्रकारको सामान बितरण गरेको नगरपालिकाले वताएको छ । नगरपालिकाको मागका आधारमा सहयोग गरेको मानवीय सेवामा अनेकौ प्रयासका अध्यक्ष भक्त राज जोशीले वताएका छन् । नगरपालिकाको यस्तो अभियान प्रत्येक गाँउमा सञ्चालन गर्ने योजना रहेको छ ।


बुढिगंगा नगरपालिकाले छाउपडि प्रथा उन्मुलन बिभिन्न अभियान सञ्चालन गरिरहेको छ । गैर सरकारी संस्था, नागरिक समाज, राजनितिककर्मी, स्थानियको सहयोगमा छाउपडि प्रथा उन्मुलन गर्ने अभियान चलाएको नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । नगरपालिकाले छाउपडि प्रथा अन्त्य र पुर्ण सरसफाईका लागि बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ । सरकारले यो आर्थिक बर्षमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गर्ने भनेपनि धेरै ठाँउमा भने प्याड बितरण हुन सकेको छैन् ।


छाउपडि प्रथा न्युनिकरण सँगै महिनावारी भएको बेला महिलालाई हुने जोखिम र न्युनिकरणका बारेमा बुढिगंगा नगरपालिकाले गाँउगाँउमा स्वास्थ्यकर्मी सामाजिक परिचालक परिचालन गरेर चेतना दिइरहेको छ । पुर्ण सरसफाइ र पोषणयुक्त नगरपालिका घोषणा गर्नका लागि नगरपालिकाले बिभिन्न कार्यक्रम गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार