बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • विरामी विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा बितरण

विरामी विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा बितरण

  • सोमवार, पुस २१, २०७६
विरामी विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा बितरण

लक्ष्मीराज पाध्याय
बाजुरा २१ पौष– बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्षको पहलमा र मार्तडी स्वास्थ्य चौकीको समन्वयमा विरामि विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा बितरण गरिएको छ । बाजुरा जिल्लामा हिमपात संगै जाडो बढेपछी बिपन्न, असाय र दमका बिरामी गरि २५ जनालाई न्यानो लुगा बितरण गरिएको हो ।
वडा कार्यालयको सहयोग र मार्तडी स्वास्थ्य चौकि चुथिको समन्वयमा वडामा रहेका दमका विरामी विपन्न वृद्ध र अपांगलाई न्यानो कपडा सबन्धित ब्यक्तीको घरमा पुगेर बितरण गरिएको बडिमालिका नगरपालिका वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । वडाअध्यक्ष आफै गाउँमा गएर प्रत्येक ब्यक्तीको घरमा पुगेर वितरण गरिएको मार्तडी स्वास्थ्य चौकीका प्रमुख काशीचन्द्र पाध्यायले बताए ।
न्यानो कपडा पाउनेमा व्यसाहारा वृद्ध सुर्जा पाध्या, अपांग दुवै आखा गुमाएकी विस्नकला पाध्या, प्यारालासिस विरामि धना विक यस्तै दमका विरामि गोरख जैशी, विर्मा विक , पाना ल्वार, कन्जडी विक, गोर्या पाध्या, देविलाल पाध्या, रुपा खत्री अगें धामी फुँगे लवार लगायत २५ जना वृद्ध वृद्धालाई कम्मल बलाङकेट बितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताएका छन् ।
वडाका २५ जना असाय अपाङहरु चिसो दमको जोखिम नबढोस वृद्धले न्यानो पाउन भन्ने उदेश्यका साथ वितरण गरिएको स्वास्थ्य चौकी इन्चार्ज पाध्यायले बताए । त्यस्तै कालिका आधारभुत विद्यालयका विपन्न ७ वालबालिकालाई न्यानो जकेट समेत वितरण गरिएको वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । त्यसै गरि ४ वटा सामुदायिक विद्यालयमा खेलकुद सामग्रि पनि वितरण गरिएको छ । ज्ञानोदय माबि रजातोली, सरोस्वती आधारभुत बिद्यालय ढम्कने, कालिका आधारभुत बिद्यालय चुथी र लक्ष्मी माबि जिल्लीमा खेलकुद साम्रगी बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार